• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

जनस्वास्थ्य संघ प्रदेश २ को निर्वाचन हुँदै

जनस्वास्थ्य संघ प्रदेश २ को निर्वाचन हुँदै
कमलेश ठाकुर
जनकपुरधाम, पुस २१ गते । 
नेपाल जनस्वास्थ्य संघ प्रदेश २ का आगामी नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । संघमा प्रगतिशील समूह, पेशागत समूह र स्वतन्त्र उम्मेदवारहरुबीच प्रतिस्पर्धा भइरहेको छ ।
 
दुई सय पचास मतदाता रहेको प्रदेश २ को निर्वाचनमा अध्यक्षका लागि तीन जना उम्मेदवार छन् । प्रगतिशील समूहवाट शैलेन्द्र पटेल, पेशागत समूहवाट रामानन्द पण्डित र स्वतन्त्र समूहबाट किशोर कुमार ठाकुरबीच प्रतिस्पर्धा हुँदैछ । 
 
उपाध्यक्षमा जीतनारायण यादव, सहसचिव अखिलेश झा, सदस्यमा किरण यादव र शम्भू साह निर्विरोध निर्वा्चित भइसकेको सहसचिव पदको निर्विरोध निर्वाचित अखिलेश झाले बताए । 
 
निर्वाचन अधिकृत दीपेन्द्रकुमार रायका अनुसार निर्वाचन अपरान्ह ४ बजेसम्म हुने छ ।
 


यसमा तपाईको मत