• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

रक्तदाता महिला बढे

रक्तदाता महिला बढे



सिमरा — कलैयामा आयोजना हुने रक्तदान कार्यक्रममा महिलाले रक्तदान गर्ने क्रम बढेको छ ।
मारवाडी सेवा समितिको सहयोगमा मारवाडी युवा मञ्च कलैयाले कलैया भरतचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा महिला सहभागिता बढी रह्यो । अविवाहित किशोरीदेखि विवाहितले समेत रक्तदान गरे ।

 


कलैया उपमहानगरपालिका १ निवासी किशोरी प्रियंका कादमब्या पनि रक्तदान गर्न भरत चोकमा आइपुगेकी थिइन् । उनी पहिलो पटक रक्तदान गर्न आइपुगेको बताइन् ।

 


रक्तदान गर्दा अरूको जिवन जोगाउन सकिन्छ भन्ने उद्देश्य बोकेर रक्तदान गरेको उनले जानकारी दिइन् । पुरुष जस्तै सबै महिलाले बिनाझन्झट रक्तदान गर्नुपर्नेमा उनको जोड छ ।

 


यसपालि चौथो पटक रक्तदान गर्न आइपुगेको उनले जानकारी दिइन् । विभिन्न स्थानमा आयोजना भएको रक्तदान कार्यक्रममा यसअघि ३ पटक रक्तदान गरिसकेको उनले जानकारी दिइन् । चेतनाको अभावमा पहिला पहिला महिलाले रक्तदान गर्न आउदैनथे । अहिले रक्तदान गर्ने महिला, किशोरीको संख्या बढ्दै गएको उनले जानकारी दिइन् ।

 


वीरगन्जस्थित रेडक्रसको ब्लड बैंकमा भइरहेको रगत अभावलाई कम गर्नआफूहरूले रक्तदान कार्यक्रमको आयोजना गरेको मारवाडी युवा मञ्च कलैयाका अध्यक्ष बजरंग गोयलले बताए । मारवाडी युवा दिवसका अवसरमा चार वर्षदेखि यसरी रक्तदान कार्यक्रमको आयोजना गरिँदै आएको उनले जानकारी दिए ।

 



 



यसमा तपाईको मत