• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

सरकारलाई बचाउ गर्न माधव नेपालको आह्वान

सरकारलाई बचाउ गर्न माधव नेपालको आह्वान

जनकपुरधाम, पुष २२ गते ।
नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले विरोधीहरु सरकारको दुष्प्रचार गर्न लागेको भन्दै नेता कार्यकर्ताहरुलाई दृढताकासाथ सरकारलाई बचाउ गर्न आह्वान गरेका छन् ।


वर्तमान सरकारको लोकप्रियता देख्न नसकेकेर प्रमुख प्रतिपक्षी दल काँग्रेसमा हतास र निरासाको प्रवृति बढेको भन्दै उनले दुष्प्रचारबाट बच्न कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । आइतवार जनकपुरमा नेकपाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले विरोधीहरुले सरकारको काम नै देख्न नसकेर सरकारले अधिनायकवाद ल्याउने दुष्प्रचार गेरेको दावी गरे ।


‘वर्तमान सरकारको काममा केही कमिकमजोरी हुन सक्छ तर सरकारकारको नियतमा बेइमानी छैन ।’ पुर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘हामी प्रजातान्त्रिक आचरण अबलम्बन गरिसकेका छौँ, शेरवहादुरजीले सरकार अधिनाकवाद ल्याउन खोज्दै छ भन्ने दुष्प्रचार गरिरहनु भएको छ । यसमा केही सत्यता छैन ।’
 



यसमा तपाईको मत