• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरबाट ५ हुण्डी कारोबारी पक्राउ, मुख्य कारोबारी फरार

जनकपुरबाट ५ हुण्डी कारोबारी पक्राउ, मुख्य कारोबारी फरार

जनकपुरधाम, पुस २२ गत्ते ।
काठमाडौं–प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले ८३ लाख ६२ हजार र ६ हजार ६ सय भारतिय रुपैयाँसहित ५ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।


जनकपुर उपमहानगरपालिका– ११ स्थित किशोरीनगरमा रहेको रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले सो नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।


दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख हरि पालका अनुसार पक्राउ पर्नेमा भारत मधुवनी बासोपट्टका सन्तोष महतो र नरेश महतो तथा जनकपुर उपमहानथरपालिका १९ का विजय यादव र सोही उपमहानगरपालिका वडा नम्बर २ का मोख्तार महमद र सुरज ठाकुर रहेका छन् ।


मुख्य कारोबारी भनिएको जनकपुर उपमहानगरपालिका– ११ का रामेश्वर शाह फरार रहेको छ । साहले आफ्नै घरमा हुण्डी कारोबार गर्दै आएको थियो । यस अघि साहले चिन, एस्ट्रेलिया र जपान लगायतको देशमा हुण्डी कारोबार गर्दै आएको थियो । फरार साहको खोजी जारी रहेको प्रहरीले जनाए ।  


प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकको ३० थान चेक, बैंक भौचर र हुण्डी कारोबारको लागि प्रयोग भएका हिसाव खाताका साथै ६ थान मोबाइल, अन्य काजातहरु बरामद गरेको छ ।


पक्राय परेका ५ जनामाथि बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम ५ वर्ष सजाय र विगोको तीन गुणा सम्म जरीवना हुन सक्ने प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।
 



यसमा तपाईको मत