• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

सीडीयोलाई विद्यार्थी संगठनले बुझाए ज्ञापन

सीडीयोलाई विद्यार्थी संगठनले बुझाए ज्ञापन
 
कमलेश ठाकुर
जनकपुरधाम, पुस २२ गते ।
नेपाल विद्यार्थी संघ धनुषाले प्रमुख जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएको छ । 
विद्यार्थीहरुले विद्यार्थी परिचय–पत्र देखाउँदा पनि सवारी साधनमा छुट नगरेकाले नेपाल विद्यार्थी संघले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई ध्यानर्कष्ण गराउदै आईतबार ज्ञापन पत्र बुझाएको छ ।
नेपाल विद्यार्थी संघ धनुषाका जिल्ला सदस्य नबिन कुमार यादवको हस्ताक्षर भएको ज्ञापन–पत्रमा विद्यार्थीहरुले परिचय–पत्र देखाएपछि सवारी साधनमा ४५ प्रतिशत छुट दिनु पर्ने र यातायात व्यवसाय संघले प्रत्येक गाडी तथा बस स्टेंडमा दुरी अनुसारको रकम तोकी बोर्ड लगाउनु पर्ने माग रहेको छ ।
तत्काल माग पुरा नगरे नेपाल विद्यार्थी संघ कडा आन्दोलन चालने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 
 


यसमा तपाईको मत