• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

बाइडबडी जहाज प्रकरणःउपसमितिको प्रतिवेदन संशोधनसहित पारित

बाइडबडी जहाज प्रकरणःउपसमितिको प्रतिवेदन संशोधनसहित पारित


पुस २३ गत्ते , काठमाडौं ।
 वाइडबडी जहाज खरिद प्रकरणमा संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले उपसमितिको प्रतिवेदन संशोधनसहित पारित गरेको छ।


सोमबार बसेको समितिको बैठकले उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको हो। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी अनियमिततामा उपसमितिले बहालवाला मन्त्रीसहित तीन मन्त्री र सचिवलाई कारबाही गर्न सिफारिस गरेको थियो। उपसमितिले दोषी आरोप लगाएका गृहसचिव प्रेमकुमार राईलाई भने समितिले क्लिनचिट दिएको छ।


नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र बहालवाला पर्यटनसचिव कृष्णप्रसाद देवकोटालाई पनि निलम्बन गरी कारबाही गर्न समितिले निर्देशन दिएको हो। उनीहरुलाई बद्नियत राखी जहाज खरिदमा अख्तियारको दुरुपयोग गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न समितिले निर्देशन दिएको छ।


यस्तै, पूर्व र बहालवाला मन्त्रीहरुले नैतिक जिम्मेवारी लिए पुग्ने लेखा समितिले सिफारिस गरेको छ। यसबाट पूर्व र बहालवाला मन्त्रीहरुलाई नैतिक जिम्मेवारी लिएर पन्छिने बाटो खुलेको छ। बहालवाल पर्यटनमन्त्री रवीन्द्र अधिकारी र दुई पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समेत कारबाही गर्न उपसमितिले सिफारिस गरेको थियो।
 



यसमा तपाईको मत