• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

वाइडबडी खरिदमा भएको अनियमिततामा मेरो संलग्नता छैनःमन्त्री अधिकारी

वाइडबडी खरिदमा भएको अनियमिततामा मेरो संलग्नता छैनःमन्त्री अधिकारी


पुस २३ गत्ते , काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी खरिदमा भएको अनियमिततामा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा सोमबार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले वाइडबडी खरिदमा भएको अनियमितताको निष्पक्ष भएर गर्न समेत आग्रह गरेका छन्। उनले वाइडबडी खरिद गर्ने निर्णय आफ्नो कार्यकालमा नभएको र आफूले पूर्ववत निर्णयहरुलाई कार्यान्वयन मात्रै गरेको स्पष्टोक्ति दिएका छन्।


मन्त्री अधिकारीले आफू आउनु भन्दा अगाडि नै तय भएको तालिका अनुसार भुक्तानी दिएको दाबी गर्दै आफ्नो बचाउ गरेका छन् ।


उनले आफ्नो कार्यकालमा भएका सबै जिम्मेवारी लिन तयार रहेको र न्यायिक निकायले गरिरहेको छानबिनमा आफ्नो सहयोग रहने बताए ।


 



यसमा तपाईको मत