• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

कालो धनलाई सेतो बनाउन प्रचण्डले पदको दुरूपयोग गरे,डा. केसीको आरोप

कालो धनलाई सेतो बनाउन प्रचण्डले पदको दुरूपयोग गरे,डा. केसीको आरोप


पुस २३ गत्ते , काठमाडौं ।
चिकित्सा क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि आन्दोलनरत त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले सरकारले विगतमा गरेको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक पारित नगरे बुधवरदेखि अनशन शुरु गर्ने बताएका छन् ।


सोमवार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरी डा. केसीले समितिमा आफूसँगको सहमति अनुसार विधेयक पारित नगरे आफूले २५ गते पनि नकुर्ने बताएका हुन् ।


राजनीतिक दलका नेता र सांसदहरूप्रति आक्रोशित रूपमा प्रस्तुत भएका केसीले सांसदहरूले जनताको करबाट तलब भत्ता खाएर माफिया पोस्ने काम गरिरहेको आरोप लगाए ।


डा. केसीले सरकारसँग विगतमा भएको सहमति अक्षरशः पालना नगरे अनशन नरोकिने स्पष्ट पारे ।
डा. केसीले संसदीय उपसमितिमा रहेका नेकपा सांसद योगेश भट्टराई पनि माफिया पोस्ने काममा उद्धत रहेको आरोप लगाए ।

 

 



यसमा तपाईको मत