• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
चितवन, पुस २६ गते । 
जिल्लामा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।
 
नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो ।
 
दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३ वर्षीय होममाया थापा (लामिछाने) को मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
 
अटोमा सवार उनका श्रीमान् ३५ वर्षीय सन्तोष लामिछाने र छोरा पाँच वर्षीय सुशान्त घाइते भएका छन् । गम्भीर घाइते सुशान्तको भरतपुरमा उपचार हुन नसकेपछि ग्राण्डी अस्पताल काठमाडौं सिफारिश गरिएको अस्पतालले जनाएको छ । अटो र अटो चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 


यसमा तपाईको मत