• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

इद मनाइरहेका बेला हमला, ३० जनाको मृत्यु

इद मनाइरहेका बेला हमला, ३० जनाको मृत्यु

 

असार २४ – इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा रहेको शिया मुस्लिम धर्मावलम्बीको पवित्र स्थल शिया सिर्नेमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेट आइएसले लिएको बिबिसीले जनाएको छ । मानिसहरुले इद मनाइरहेका बेला एक जनाले आत्मघाती बम बिस्फोट गराएको र केही व्यक्तिले अन्धाधुन्ध गोलि चलाएका थिए । विस्फोटक पदार्थले भरिएको पेटी बाँधेका आक्रमणकारीले आत्मघाती विस्फोट गराए लगत्तै बन्दुकधारीले अन्धाधुन्ध गोलि चलाएका त्यहाँको प्रहरीले जनाएको छ । 

यसअघि गएको आइतबार बग्दादमै भएको एक आक्रमणमा ३ सय जनाले ज्यान गुमाएका थिए । 



यसमा तपाईको मत