• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

छोरीलाई शिक्षित नबनाएसम्म मुलुक समृद्ध हुन सक्दैनः राज्यमन्त्री मण्डल

छोरीलाई शिक्षित नबनाएसम्म मुलुक समृद्ध हुन सक्दैनः राज्यमन्त्री मण्डल
सिराहा, पुस २६ गते ।
दुई नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले हेल्प मधेसीले गरिरहेको काम प्रसंशनीय रहेको बताएका छन्।  
 
बिहीबार लक्ष्मण मण्डल मावि बनिनिया सिराहामा हेल्प मधेसीले आयोजना गरेको शिक्षा अभियान तथा शैक्षिक सामाग्री  वितरण कार्यक्रममा राज्य मन्त्री मण्डलले श्रमिकले  गरेको योगदानलाई प्रशंसा गर्दै प्रदेश २ मा खस्किएको शिक्षाको स्तरलाई माथि उठाउन सबैले सहयोग गर्नुपर्ने बताए।
 
उनले शिक्षामा सुधारकालागि अभिभावकले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताए।   राज्य मन्त्री मण्डलले देशको वर्तमान परिस्थितिले मुलुक शिक्षामा पछाडि परेको बताए । सरकारको शिक्षा नीतिमा भाषागत विभेद रहेको उनको आरोप थियो। 
‘अब लोकसेवा आयोगदेखि पठनपाठन समेत मातृभाषामा गराउन प्रदेश सरकार प्रतिवद्ध छ,’ उनले भने, ‘यसैकालागि प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ अभिायन संचाल गरेको छ। यो अभियानले महिला शिक्षामा योगदान पुग्छ।’
 
उनले छोरी चेलीलाई शिक्षाबाट वञ्चित गरेकै कारण शिक्षमा सुधार हुन नसकेको बताए। उनले सबैले आफ्नो मानसिकता परिवर्तन गरेर छोरी चेलीलाई विद्यालय पढाउन सुरु गर्नुपर्ने बताए।  राज्यमन्त्री मण्डलले दलित छात्रावासकालागि कल्याणपुर नगरपालिकाले जग्गा उपल्ब्ध गराउन आफूले प्रयास गर्ने आश्वास पनि दिए।
 


यसमा तपाईको मत