• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

धनुषामा मस्ट वान्टेड अभियुक्त पक्राउ

धनुषामा मस्ट वान्टेड अभियुक्त पक्राउ
जनकपुरधाम, पुस २७ गते ।
धनुषामा बिषालु मदिरा बिक्री गर्ने मस्ट वाण्टेड २ जना ६ महिनापछि पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ६ मडान बस्ने धर्मेन्द्र मण्डल र सोही नगरपालिका वडा नम्बर ७ बस्ने जागीरका राजेन्द्रकुमार चौधरी रहेका छन् ।
 
गत असार १३ गते लोकल मदिरा सेवनबाट धनुषाको कमला नगरपालकाका स्थानीय गंगा पासवानसहित ७ जनाको मृत्यु भएको थियो ।  मदिरा बेच्ने मण्डल र बनाउने चौधरी विगत ६ महिनादेखि फरार रहेका धनुषा प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।
उनले पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यानको मुद्दा दर्ता गरी ५ दिनको म्याद थपेर हिरासतमा राखिएको बताए ।
उनले  बुधबार गाउँ नजिकैबाट दुवै जनालाई पक्राउ गरिएको जनाए । यता,अभियुक्तहरुले आफुहरु घटना भएको दिनमा गाउँमा नरहेको र कसैले आफुहरुलाई फसाएको बताएका छन ।
 
उपरीक्षक थपलियाले गत बैशाख महिनादेखि अहिलेसम्ममा धनुषा जिल्लाभरी १६ वटा मदिराभठ्ठीहरु नष्ट गरी १० हजार लिटर अवैध मदिरा नष्ट गरिएको जानकारी दिए ।
 


यसमा तपाईको मत