• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

बावुले चलाएको बसले किचेर छोराको मृत्यु

बावुले चलाएको बसले किचेर छोराको मृत्यु
दमौली, पुस २७ गते ।
तनहुँमा शुक्रबार बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका(४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 
 
आफ्नै बावु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए।
 
थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।ठक्कर दिने बस र बावु प्रहरी नियन्त्रणमा छन्।
 


यसमा तपाईको मत