• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

घरेलु मदिरा भट्टिमा प्रहरीको छापा

घरेलु मदिरा भट्टिमा प्रहरीको छापा
जनकपुरधाम, पुस २७ गते ।
क्षीरेश्वरनाथ नगरपालिका–८ सितानगरको ५ वटा मदिरा भट्टिमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले छापामारी गरी भत्काएको छ । प्रहरीले मदिरा र कच्चा पदार्थ नष्ट गरीएको छ ।
 
शुक्रबार बिहान मदिरा उत्पादन भइरहेको सुचनाको अधारमा छापा मारी गर्दा ३ हजार लिटर भन्दा बढी कच्च पदार्थ र तयारी अवस्थामा रहेको मदिरा प्रहरीले नष्ट गरेको प्रहरी निरीक्षक अमिरकुमार दहालले बताए ।
 
प्रहरीले मदिरा बनाउन प्रयोग गरिने भडा र अय समाग्रि नियन्त्रणमा लएको प्रहरी निरीक्षक दहालले बताए । 
 


यसमा तपाईको मत