• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

तस्करी आरोपमा छोरासहित वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी,साढे ५ महिनाभित्र २२ जनालाई वनमुद्दा

तस्करी आरोपमा छोरासहित वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी,साढे ५ महिनाभित्र २२ जनालाई वनमुद्दा
 
पुस २८ , राजविराज ।
सप्तरीको सप्तकोसी नगरपालिका १ का वडा अध्यक्ष नारायण आचार्य र उनका छोरा सुशीलका नाममा डिभिजन वन कार्यालय राजविराजले पक्राउ पूर्जी जारी गरेको छ। राष्ट्रिय वन क्षेत्रवाट बालुवा(गिट्टी तस्करी गरेको आरोप लागेका आचार्य बाबुछोरा गत पुस ४ गतेदेखि फरारको सूचीमा छन्। 
 
उनीहरुले सप्तकोसी १ को अमाहा खोलाबाट गैरकानुनी रुपमा बालुवा(गिट्टी उत्खनन तथा ओसारपसार गरेको वन कार्यालयको आरोप छ। दुवैलाई पक्राउ गर्न वन कर्मचारीहरु खटिएका छन् भने प्रहरी चौकी फत्तेपुरलाई समेत पत्राचार गरिएको छ। 
 
गंगाजली सब डिभिजन कार्यालयका रेन्जर लक्ष्मण यादवलाई अनुसन्धान अधिकृत तोकेर घटनाको थप अनुसन्धान भइरहेको छ। उनीहरु विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको डिभिजनल वन अधिकृत धीरेन्द्रप्रसाद सिंहले जानकारी दिए। 
 
सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोलीले गत पुस ३ गते बालुवा(गिट्टी तस्करीमा संलग्न आचार्यको ना४त १८४५ नंको ट्र्याक्टर खोलाबाटै पक्राउ गरेको थियो। तर, प्रहरी र वन कर्मचारीलाई अभद्र व्यवहार गरी आचार्यले ट्याक्टर लिएर गएको र त्यसपछि फरार भएको सिंहको भनाइ छ। 
 
यसअघि शम्भुनाथ नगरपालिका १ का वडाध्यक्ष इन्द्रदेव साहविरुद्ध पनि वन कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो। पूर्व–पश्चिम राजमार्ग किनारका सिसौं काटेको आरोपमा २०७४ माघमा दर्ता भएको साह विरुद्धको मुद्दा विचाराधीन छ। 
 
वन पैदावार हानि–नोक्सानी गरेको आरोपमा कञ्चनरुप नगरपालिका ७, बलुवाकी बुलन्तीकुमारी सरदारसहित ५ जनाविरुद्ध पुस ८ गते जिल्ला अदालत राजविराजमा मुद्दा दर्ता भएको छ। गैरकानुनी रुपमा काठ ओसारपसारमा संलग्न भएपछि उनीहरु विरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको सिंहले बताए। वन पैदावार हानिनोक्सानी गरेको आरोपमा डेढ वर्ष्भित्र बलुवाका मात्रै करिब ७५ जना जेल चलान भएको उनी बताउँछन्। 
 
सप्तकोसी १ र शम्भुनाथ १ का वडा अध्यक्ष तथा बलुवाकी बुलन्ती मात्र होइन, राष्ट्रिय वन क्षेत्रमा प्रवेश गरी गैरकानुनी गतिविधि गर्ने्विरुद्ध पछिल्लो समय वन कार्यालय कठोर रुपमा प्रस्तुत भइरहेको छ। गत साउनयता मात्रै काठ(दाउरा र ढुंगा(गिट्टी तस्करी गर्ने २२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइएको छ।
 
वन ऐन २०४९ र नियमावली २०५१ विपरीत वन पैदावार हानि(नोक्सानी तथा गैरकानुनी रुपमा उत्खनन र ओसारपसारमा संलग्न राजविराज १५ का विनोदकुमार यादवसमेत ५ जना, कञ्चनरुप ६ का भीमशंकर मण्डल, श्रवण सरदार, जिलेवी सरदार, ललित सरदार, श्याम सरदार, आनन्द सरदार, रामकुमार सरदार, महेन्द्र सदा, सोमेश्वरप्रसाद यादव र दीपेन्द्रनारायण यादव, कञ्चनरुप ७ का दुःखी शर्मा, अग्निसाइर कृष्णसवरन १ का लल्कु सदा, हनुमाननगर कंकालिनी ३ का मुरलीधर खिडहरी तथा सप्तकोसी ११ का सवुरलाल सरदार र रामचन्द्र खड्गाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको डिभिजन वन कार्यालय राजविराजले जनाएको छ।
 
 


यसमा तपाईको मत