• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

सशस्त्रका गाडी मर्मतका लागि चन्दा

सशस्त्रका गाडी मर्मतका लागि चन्दा
 
पुस २८ ,सर्लाही ।
सशस्त्र प्रहरी वेश क्याम्प फरहदवाको गाडी मर्मत गर्न चन्दा संकलन थालिएको छ । बजेट अभाव रहेको भन्दै दुर्घटनामा क्षतिग्रस्त बनेको गाडी मर्मतका लागि प्रहरीले चन्दा उठाउन थालेको हो ।
 
जिल्लाको मध्यभागमा पर्ने कविलासी नगरपालिका–७ गैर बजारका व्यापारीसँग गाडी मर्मत गर्न प्रहरीले चन्दा संकलन थालिएको छ । प्रहरीको गाडी दुर्घटना भएपछि गस्ती गर्न असजिलो भएको भन्दैमर्मतका लागि व्यापारीलाई चन्दा लगाइएपछि कतिपय व्यापारी तनावमा परेका छन् ।
 
केही दिनअघि सशस्त्र प्रहरी बेश क्याम्प फरहदवाको ना१झ ६९३ नम्बरको टाटाको पिकअप जिप दुर्घटना भएको थियो । दुर्घटनापछि गाडी पूर्णरूपमा क्षतिग्रस्त छ । गाडी मर्मतका लागि क्याम्प तथा सशस्त्रको गणमा बजेट नभएका कारण चन्दा उठाउनु परेको सशस्त्र प्रहरीले जनाएको छ ।
 
गाडी मर्मतको नाममा व्यापारीबाट मात्र चन्दा उठाउन थालेपछि आफूहरू मारमा परेको व्यापारीले गुनासो गरेका छन् । उनीहरूले सवैजना मिलेर यो समस्या सामाधान गर्नुपर्नेमा जोड दिए । गाडी दुर्घटनाको समयदेखि आएको इन्धनको रकम र जवान बिदामा गएको रासनको रकम हाकिमको खल्तीमा गएको भन्दै उनीहरूले त्यो रकम मरम्मतका लागि छुट्याइए आफूहरूलाई पनि सजिलो हुने एक व्यापारीले बताए ।
 
दुर्घटनामा परी क्षतिग्रस्त बनेको गाडी बजेट अभावका कारण करिव डेढ महिनादेखि प्रयोगविहीन छ । गाडी मर्मत हुन नसक्दा समयमा गस्ती हुन सकिरहेको छैन । जसका कारण व्यापारी लगायत यस क्षेत्रमा त्रास बढेको छ । अहिलेको सुख्खा मौसममा आगलागीका घटना लगायत अन्य घटना तथा दुर्घटनामा गाडीकै कारण समयमा पुग्न नसकिरहेको वेश क्याम्पले जनाएको छ । सेन्सेटिभ एरिया रहेको यो क्षेत्रमा ससस्त्र प्रहरी वेश क्याम्पको स्थापना भएपछि व्यापार व्यवसाय फस्टाउँदै गएको छ ।
 
गाडी मर्मत गर्न बजेट नभएकाले स्थानीय व्यापारीहरूको सहयोगमा गाडी मर्मतको काम सक्न वेश क्याम्पलाई भनेको सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठले बताए ।  
 


यसमा तपाईको मत