• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

बचत सिक्दै बालबालिका

बचत सिक्दै बालबालिका
 
पुस २८ ,रौतहट — दस वर्षीया यी बालिका विद्यालयबाट घर आउनासाथ खुत्रुकेमा पैसा जम्मा गरेको छरछैन सोध्छन् । छैन भने बुवालाई सम्झाउँछिन् । बचत गर्न लगाउँछिन् । यही बानीले १० वर्षीया निकिशा पुलामी नियमित बचतकर्ताका रूपमा सम्मानित भइन् ।
 
 
चन्द्रपुर २ जुडिबेलाकी पुलामीले दुई वर्षदेखि नियमित खुत्रुकेमा बचत गरिरहेकी छन् । बुवा छविले खाजा र अन्य कामका लागि दिने खर्च बचाएर उनले बचत गर्दै आएकी हुन् । उनी स्थानीय चन्द्रोदय बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत छन् । अहिले उनको खुत्रुकेमा ३५ हजार बढी जम्मा भइसकेको छ । यो रकम उनकै नामको बचत खातामा जम्मागरिएको छ ।
 
चन्द्रनिगाहपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले प्रदान गरेको बाल बचत खुत्रुके योजनाअन्तर्गत निकिसाले रकम जम्मा गर्न थालेकी हुन् । दसैं तिहार पर्वमा उनले अभिभावकबाट पाएको ३ सय रुपैयाँ पनि खुत्रुकेमै हालिन् । 
 
बाल बचत खुत्रुके योजनाअन्तर्गत सहकारीले यस क्षेत्रका ३ सय अभिभावकलाई खुत्रुके प्रदान गरेको छ । तीमध्ये उत्कृष्ट बचतकर्ताका रूपमा निकिशा सम्मानित भएकी हुन् । सहकारी संस्थाको दसौं वार्षिक साधारणसभामा निकिशालाई सम्मान गरिएको हो । बालिका सम्मानित भएको देखेर कार्यक्रममा सबै चकित भए । सानै उमेरमा बचत गर्ने शैलीको सबैले प्रशंसा गरे ।
 
उनका बुवा छविले दिनको ५० रुपैयाँका दरले छोरीलाई पैसा दिन्छन् । त्यही पैसा निकिशाले खुत्रुकेमा बचत गर्छिन् । यसको अलावा खाजा र अन्य खर्चका लागि दिइने रकम समेत उनले खुत्रुकेमा हाल्छिन् । संस्थाले प्रत्येक महिनाको अन्तिम दिन खुत्रुके मगाएर अभिभावककै रोहबरमा फुटाउँछन् । त्यही रकम खातामा जम्मा गरिदिन्छन् ।
दस हजार पुगेपछि बचतकर्तालाई उपहार स्वरूप जन्मदिनमा केक वा अन्य सामान दिने गरेको संहकारी संस्थाका उपाध्यक्ष बसन्त आचार्यले बताए । 
 
 


यसमा तपाईको मत