• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेश २ लाई शिक्षाको हब बनाउछौ : मुख्यमन्त्री राउत

प्रदेश २ लाई शिक्षाको हब बनाउछौ : मुख्यमन्त्री राउत
जनकपुरधाम, पुष २८ । 
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं.२ लाई प्राविधिक शिक्षाको हब बनाउने बताउनु भएको छ । 
 
सलार्ही हरिवनको घुर्कौली स्थित जनसेवा माविमा कक्षा ११ र १२ संचालनका लागि आयोजित श्रीमद्भागवत नवाह महायज्ञको समापन समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले परम्परागत शिक्षाको साटो प्राविधिक शिक्षा तर्फ जोड दिनु पर्ने बताउनु भयो । 
 
उहाँले आफु शुरु देखी नै प्राविधिक शिक्षामा जोड दिदै आएको उल्लेख गर्नु हुँदै संघीय सरकारले सिटइभिटीको अधिकार प्रत्यायोजनमा ढिलाई गरि रहेको हुदाँ योजना लाई मूर्त रुप दिन समस्या भै रहेको उल्लेख गर्नु भयो । 
 
संविधानले प्राविधीक शिक्षा संचालनको अधिकार प्रदेश सरकारलाई दिएको हुँदा सिटिइभिटीको अधिकार प्रात्यायोजन नगरिए प्रदेश नं. २को सरकारले आफनै प्राविधिक शिक्षा ऐन ल्याएर अघि बढने बताउनु भयो । 
 
प्राविधिक शिक्षा ऐन मस्यौदा तयारीको काम अन्तिम चरणमा रहेकेो उल्लेख गर्नु हुँदै उहा ऐन पारित भए पछि सबै सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा लागु गरिने प्रतिवद्धता जनाउनु भयो । 
 
शिक्षाको लागि घुकौर्लीबासीले महायज्ञ संचालन गरेको प्रति सम्पूर्ण आयोजकलाई धन्यवाद दिनु हुँदै मुख्यमन्त्री राउतले यस्ता कार्यक्रम प्रदेश भरि नै चलाउनु पर्ने आवश्यकता औल्याउनु भयो । उहाँले भन्नु भयो,‘यो धार्मिक अनुष्ठान र अर्थ संकलन मात्र होइन , शिक्षा प्रतिको जागरुकता अभियान समेत हो । 
 
जनसेवा माविमा कक्षा ११ र १२ संचालनको लागि आफनो व्यक्तिगत र सरकारको तर्फ बाट हुन सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता समेत उहाँले जनाउनु भयो । 
महायज्ञ स्थलमा पूग्नु भएका मुख्यमन्त्री राउतलाई स्थानीयवासीहरुले भव्य स्वागत गरेका थिए । पञ्चेबाजा र पञ्चकन्या सहितको टोलीले मुख्यमन्त्री राउतलाई मुल सडक देखी महायज्ञ स्थल सम्म लगेका थिए । 
 
इन्द्रमुनी मैनालीको सभापतित्वमा भएको समापन समारोहमा राष्ट्रियसभा सदस्य रामप्रित पासवान, प्रदेश सभा सदस्य सञ्चमाया मोक्तान, फोरम नेपालका केन्द्रिय सदस्य अशोक कुमार सिंह सहितको उपस्थिति रहेको थियो । 
 
९ दिवसीय महायज्ञमा १ करोड २५ लाख संकलन भएको आयोजकले जनाएको छ
 


यसमा तपाईको मत