• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

जनकपुर युथ कलवको निर्वाचन सम्पन्न, अध्यक्षमा रोहितप्रसाद ठाकुर चयन

जनकपुर युथ कलवको निर्वाचन सम्पन्न, अध्यक्षमा रोहितप्रसाद ठाकुर चयन
 
कमलेश ठाकुर
जनकपुरधाम, पुस २७ गते ।
जनकपुर युथ कलवको निर्वाचन शनिबार सम्पन्न भएको छ । सम्पन्न भएको निर्वाचनबाट कलवको अध्यक्षमा रोहित प्रसाद ठाकुरले ८४ मत ल्याएर विजय भएको छ । ठाकुरको प्रतिद्धन्धी भुप नारायण पाठकले ५० मत ल्आएर पराजित भएको छ ।
यस्तै उपाध्यक्ष पदमा संजय मण्डलले ७८ मत ल्याएर विजय भएको छ भने मण्डलको प्रतिद्धन्धी हरिनारायण साहले ५२ मत ल्याएर पराजित भएको छ । महासंचिवमा सरद कुमार झाले सबै भन्दा बढी  ९२ मत ल्याएर विजय भएको छ भने झाको प्रतिद्धन्धी हृदय नारायण ठाकुरले ४७ मत ल्याएर पराजित भएको कलवले जनाएको छ  ।
सचिव पदमा जोगिन्द्र मिश्रा, कोषाध्यक्षमा अमरजित जिवेदा, सदस्यमा क्रमश सुजित तिवारी, फुल कुमारी साह, सुनिल तिवारी र तुल्सी साह सर्व सहमति चयन भएको पुर्व अध्यक्ष गोविन्द रायले बताए । रायको अनुसार १ सय ४७ मतदाताले मतदान गरेको थियो र ४ मत बदर भएको छ ।
 


यसमा तपाईको मत