• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरमा मिथिलाक्षर कक्षा सञ्चालन

जनकपुरमा मिथिलाक्षर कक्षा सञ्चालन
जनकपुरधाम, पुस २९ गते ।
मिथिलाक्षर लिपि झन्डै २ हजार वर्षको इतिहास छ यो लिपिको । तीन दशकअघिसम्म पूजापाठ, चिठीपत्र तथा आमन्त्रण कार्ड आदिमा प्रयोग हुन्थ्यो । अचेल व्यक्तिगत प्रयोगमा सीमित छ । 
 
आफ्नै मौलिक लिपि भएका सीमित भाषामध्ये पर्ने मैथिली हिजोआज देवनागरीमा लेख्न थालिएको छ । मिथिलाक्षर लिपिको संरक्षण गर्न प्रदेश २ का आठ   जिल्लामा निःशुल्क कक्षा सञ्चालन अभियान सरु भएको छ ।
पहिलो चरणमा जनकपुर उपमहानगरमा कक्षा सञ्चालन गरिएको छ । ‘मिथिलाक्षर साक्षरता अभियानको अगुवाइ गरको  छ, मिथिला नाट्यकला परिषद्ले । जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साहले शनिबार मिथिलाक्षर लिपिमा ‘जनकपुरधाम’ लेखेरकक्षा सुरुवात गरे ।
उनीस“गै पूर्वप्रमुख जिल्ला अधिकारी जीवछ मिश्र, शिक्षक सुनील मल्लिक, त्रिभुवन विश्वविद्यालय मैथिलीकेन्द्रीय विभागका पूर्वप्रमुख परमेश्वर कापडी, जनकपुर        उपमहानगरपालिकाका करअधिकृत तथा मिनाप अध्यक्ष परमेश्वर झासहित ३ जनाभन्दाबढी कक्षामा सहभागी भए ।
‘देवनागरी र रोमन लिपि पढेका हामीजस्ता विद्यार्थीका लागि मिथिलाक्षर अलि गाह्रो छ, अभ्यासगर्दै जा“दा सजिलो होला,’ मेयरसाहले भने, ‘यो हाम्रो धरोहर हो । यसको संरक्षण गर्नुपर्छ । ’कक्षा सञ्चालनको जिम्मेवारी सहजकर्ता विजयदत्त मणिले लिएकाछन् । लामो इतिहास भएको लिपिलोप हुन लागेकाले निःशुल्क कक्षासञ्चालन गर्न थालिएको उनले बताए ।
आफ्नै मौलिक लिपि भएको निया“कासीमित भाषामध्ये मैथिली एक हो,’उनले भने, ‘लोप हुन लागेको लिपिलाई संरक्षण गर्न यो अभियान सुरु गरको  हु ।’ उनका अनुसार यो कक्षा हरेक शनिबार सञ्चालन हुनेछ ।
मिथिलाक्षर वर्णमालामा १ स्वर तथा ३३ व्यञ्जन छन् । तीमध्ये दीर्घस्वर अर्थात् ई र ऊ को प्रयोग प्रायः हु“दैन । स्वरस“ग संयुक्त अक्षरका रूपमाप्रयोग हुने अनुस्वार (अं) र विसर्ग(अः) पनि व्यञ्जन मानिन्छन् ।
यसका साथै श, ष, ऋलगायत केही शब्दकोउच्चारण हु“दैन । भाषा वैज्ञानिकप्रा.डा.योगेन्द्रप्रसाद यादवका अनुसार मैथिली लेखनमा मिथिलाक्षरकोसट्टा देवनागरी लिपि प्रयोग गर्दा उच्चारणजन्य समस्या आएको छ । लेख्ने बेला धनुषा लेख्ने तर पढदा धनुखा पढ्ने, ऋषि लेख्ने अनि रिसि पढ्नेलगायत उच्चारणगत दोष देवनागरीलिपि प्रयोगका कारणले भएकोउनले बताए ।
 
नेपाल र भारतमा गरी मैथिलीभाषीको संख्या झन्डै ५ करोड छ । दुवै देशमासमान रूपले बोलिने भएकाले यसलाई अन्तरसीमावर्ती भाषाको संज्ञा दिन्छन् डा. यादव । मैथिलीलाई तिरहुता,देहाती, ठेंठी, अवहट्ठ वा अपभ्रंश आदिपर्यायवाची शब्दबाट समेत सम्बोधनगरिन्छ । ब्राह्मी लिपिबाट बांगला लिपि हु“दैइसा पूर्व तेस्रो शताब्दीमा मिथिलाक्षर लिपिको विकास भएको भाषाविद्हरूको दाबी छ ।
इसापूर्व तेस्रो शताब्दीका अभिलेखमा प्रयोग भएकोलिपि मिथिलाक्षर रहेको प्रमाणित भएको छ । आठौं शताब्दीमा लिखितसिद्धवचन तथा दोहा, तेह्रौं शताब्दीमाज्योतिरीश्वर लिखित वर्णरत्नाकर तथा पुरुष परीक्षा, विद्यापति लिखित दानवाक्यावलीलगायत ग्रन्थ मिथिलाक्षरलिपिमा लेखिएका थिए । 
नेपाल रभारतका पुस्तकालयहरूमा मिथिलाक्षरलिपिमा लेखिएका सयौं पाण्डु लिपिविद्यमान छन् । अचेल मिथिलाक्षरपञ्जी (मैथिल ब्राह्मण र कायस्थहरूकोवंशावली) मा सीमित बनेको छ ।
पछिल्लो पटक केही साहित्यकारहरूमिथिलाक्षरमा पुस्तक लेखे पनि पाठकको सुविधाका लागि यसकोदेवनागरी अनुवादसमेत प्रकाशितगर्नु परेको छ । मिथिला नाट्यकलापरिषदका अध्यक्ष परमेश झाले मुलुकमा भएका सम्पूर्ण भाषा र लिपिको संरक्षणजिम्मा केन्द्र, प्रदेश र स्थानीय सरकारले लिनुपर्ने बताए ।
उनले जनकपुर उपमहानगरपालिकाको आधिकारिक साइनबोर्ड तथा जनचेतनामूलक बोर्डमा मिथिलाक्षर लिपिसमेत प्रयोगगर्न सुझाव दिएका छन् ।
नेपालको संविधान २०७२ ले देवनागरी लिपिलाई संवैधानिक मान्यतादिएर अन्य लिपिलाई विभेद गरको आरोप मैथिली शिक्षण विभागका पूर्वप्रमुख परमेश्वर कापडीले लगाए । संघीय सरकारले देवनागरीस“गै अन्यलिपिको समेत संरक्षण गर्नुपर्ने बताए 


यसमा तपाईको मत