• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

दाइजो हटाउन जनकपुरका अजय र अर्घाखाँचीकी अप्सराको यसरी जुर्यो साइत

दाइजो हटाउन जनकपुरका अजय र अर्घाखाँचीकी अप्सराको यसरी जुर्यो साइत
 
रिंकु मिश्र ‘गायत्री’ -
 
अभावै अभावमा बाँचेका हामी एक छाक खाएपछि अर्को छाकको लागि सोंच्ने गथ्र्याै । मेरो पापा सामान्य व्यापार गर्नु हुन्थ्यो । तर त्यस पैशाले हामी तीन जना दिदी भाईको खाना ,कपडा र पढाईको लागि कहिल्यै पुगेन । पछि  ममीले पनि काम गर्न सुरु गर्नुभयो र मारवाडीहरुको घरमा भाँडा मस्काउने काम गर्न थाल्नुभयो भन्दै अजय आफ्नो अतितमा हरायो । उनको आँखामा अाँशुले आफ्नो स्थान बनाईसकेको थियो । एकछिन उनी रोकिए र त्यसपछि फेरी आफ्नो कथा सुरु गर्दै भने–म धेरै सानो थिए शायद अबोध नै थिए , आमाको काखमा बसेर दुध खाएको याद छैन मलाई,तर आमा भनेको मेरा लागि मेरो  दुईजना दिदी थिए जसले हरदम मेरो ख्याल राख्नुहुन्थ्यो । आमा साँझतिर काम सकेर आउनुहुन्थ्यो र म कुद्दै  जान्थे वहाँलाई पछाडी बाट च्याप्प समातेर म कहाँ छु खोज्नुस मलाई भन्दै यता उती भाग्थे र मेरी थकित आमा आफ्ना सबै थकान बिर्सिदै मलाई नदेखेको जस्तो खोज्न थाल्नु हुन्थ्यो,हाहाहा अजय हाँस्न थाले ।
 
 हामी एकछिन हाँस्यौ र फेरी अजयको कथा सुरु – आमा बुवाको कष्ट म बुझ्ने अवस्थामा थिइन् तर आमालाई कहिलेकाँही एकदमै मिस गर्थे, विद्यालय जाँदा त झनै मिस गर्थे, अरु साथीहरुको ममी आउनुहुन्थ्यो तर मेरो सँधैको उही रुटिन कान्छी दिदी सँग आउने र फर्किने । मलाई याद छ एकदिन आमा सँग झर्केर बोले र कराएर भने तपाई काम धाम छोड्नुस् मलाई आमा चाहियो खाना नाई । आमाले त्यस रात खाना पनि खाईनन् । शायद केहीबेर सम्म रोएकी पनि थिईन् । म सुतिसकेको थिए मलाई धेरै याद भएन् फेरी उनको गहभरि आँशु आयो । यसपाली उनी नरुकिई बोल्दै गए र भने–त्यस पछि हाम्रो फेरी उही रुटिन । एकदिनको कुरा हो म बुझ्ने भैसकेको थिए,आमा र बुवाको बिचमा धेरै बेलासम्म छलफल चल्यो,सबैभन्दा कान्छो भएकाले सबैको दुलारा थिए, रातिको खाना खाएर आमाको काँखमा कुदेर थचक्क बसिहाले ,थोरै थोरै याद छ आमा र बुवा दुबै जनाको बिचमा भनाभन भयो र आमा एकछिन पछि मलाई ओछ्यानमा राखेर बाहिर निस्किनुभयो र आफनो तालमा फेरी पछि बोल्दै कोठाभित्र पस्नुभो एउटा शब्द अहिले पनि याद छ आमाले त्यसबखत बोलेको,‘ दुनुगोटे दिन राति कमाई छी त पाँचु पराणीक पेटेटा चलैय धियापुताके शालमे पाबनिके पाबनि  निक निकुत बनाकए खुवाबए पबैत छी तेहनमे हम कत्तए सँ ५० हजार देबै ओकरासभके बरियाती खर्च ?’ भन्दै अजय टाउको कन्याउन थाले । मैले सोधे त्यसपछि के भयो त? उनले फेरी भने के के भयो धेरै त याद छैन तर त्यसको केहीदिन पछि नै मेरो ठुली दिदी ‘मञ्जु’को विहे भयो । हामी त्यस विहेमा नयाँ लुगा लगाउन पायौँ र मिठो मिठो खानेकुरा खान पायौँ त्यौ चैँ मज्जाले याद छ ।
 
दिदीको बिहेपछि हामी दुईजना दिदी भाई एक्लो भयौँ। तर कान्छी दिदीको विहे याद छ मलाई भन्दै अजय एकछिन रुके लामो स्वाँस तान्दै भन्न सुरु गरे, ठुली दिदीको विहेमा दाईजोको रकम र भोजभातमा खर्च भएको कर्जा कान्छी दिदीको विहेसम्म आमाले चुकाउन सक्नु भा थिएन्, त्यहि कर्जाको चिन्ताले बुवा चितामा चढिसक्नुभाथ्यो । मेरो पढाई पनि छुटिसकेको थियो । म काम गर्न थालेको थिए र हाम्रो परिवार जेनतेन चलिरहेको थियो । कान्छी दिदीको विहेको कुरो चल्न थालेको थियो । हामी कायस्थ,हाम्रोमा दाईजोको माँग नगर्ने थोरै भेट्छन् जो कि हामीले भेट्न सकेनौ । हामी निरन्तर खोजीरह्यौ तर मेरो दिदीको लागि दाईजो नलिने कुनै त्यसतो कायस्थ केटो भेटेन्,र पछि आफ्नै जातमा विहे गर्ने हाम्रो घरपरिवार तथा समाजको दबावमा आमाले कान्छी दिदीको लागि दिदी भन्दा लगभग २५ वर्ष जेठो एकजना (श्रीमती बितेका) सँग कुरो चलाउनु भयो र केही दिनमै लेनदेन विना कान्छी दिदीको विहे समपन्न भयो । दाईजोको लेनदेन नभए पनि विहेमा कर्जा लिएर खर्च त गर्नै पर्यो । तर यसपाली हामीलाई बढी टेन्शन भएन भन्दै अजयले थपे म कमाउन थालेको थिए र आमाको पनि काम छोडाईसकेको थिए,यस विहेमा ठ”ली दिदीले पनि सहयोग गर्नु भो । तर मेरो चित्त बुझेको थिएन् भन्दै अजय नाक म’ख ख’म्चाई भने मेरो गरिबी भन्दा दाईजोको कारण म आजित भैसकेको थिए । मैले सोधे अनि तपाईले अन्तरजातिय विवाह गर्ने फैसला कसरी गर्नु भयो त? अजयले हाँस्दै जबाव दिए मैले म मेरो विहेमा दाईजो लिदिन प्रण गरेको थिए र जातपातको समस्याकै कारण कान्छी दिदीको विहे आफ” भन्दा २५ वर्ष जेठो सँग भएकोले कुनै जातको केटी भेटे भने विहे गर्छु तर दाईजो वा भोजभात,लाई–लम्फालमा खर्च गर्दिन आफैसँग वाचा गरिसकेको थिए । आफ्नै जातको केटीसँग विहे गरेर दाईजो नलिदाँ हुन्थ्यो त? मेरो प्रश्नको जवाब अजयले यसरी दिए, हेर्नुस गायत्रीजी दाईजो प्रथा यदी हटाउनु छ भने अन्तरजातिय विवाह गर्नैपर्छ ।  म यो भन्दिन आफ्नै जातमा दाईजो विना विहे हँुदैन,हुन्छ तर खर्चको ठ”लै ईस्टिमेट तैयार भईहाल्छ । त्यस कारण मन मिल्यो भने जात पात केही अर्थ राख्दैन भन्दै अजयले भने थाहा छ आमालाई सुरुमा म अप्सरा सँग विहे गर्छु भन्दा वहाँको मुखबाट पहिलो प्रश्न नै कुन जात हो निस्केको थियो । हा हाहाहा हाँस्दै एकसुरले बोल्दै गए अजय , आफ्नो आमा तथा घरपरिवारलाई कसरी कन्भिन्स गरे सबै सुनाए । खासमा यो कहानी एउटा सामान्य परिवारमा जन्मेका र अभावै अभावमा आफ्नो बाल्यकाल बिताएका धनुषा जिल्लाको भंगहा निवासी हाल जनकपुरमा बसोबास गर्दैै आएको २६ वर्षिय अजय कर्णको हो । जसले अषाढ २४ गत्ते आफुले मन पराउने एकजना पहाडी समुदायकी केटी सँग बिहे गरेका छन् ।
 
 अर्घाखाँचीकी अप्सरा क्षेत्री र जनकपुरका अजय विगत एक वर्ष देखि श्याम प्लाई भैरहवामा  सँगै काम गरिरहेका छन् । र दुवैको मन मिलेपछि दुबैले परिवारको राजीखुशीमै अषाढ २४ गत्ते शुक्रवार वैवाहिक बन्धनमा बाँधिएका छन् । दाईजो प्रथाको अन्त्य तथा विवाहमा हुने गरेको अनावश्यक खर्चको विरोध गर्दै जसरी अजयले कदम चालेका छन् । हिजै मात्र विवाह बन्धनमा बाँधिएका अयजले पाग र धोत्ती सम्हाल्दै भने यसरी नै हाम्रो समाजका युवाहरुले यी कुरितीहरुलाई हटाउन कदम चाल्नु पर्छ । उनले भने यदि भने  अनुसारको दाईजो नदिँदा फलाना जिल्लामा फलानाकी छोरी घरबाट निकलीन् वा फलानाकी छोरीलाई दाईजो न ल्याएको खण्डमा फलाना गाउँमा जलाईयो भनी समाचार आगामी दिनहरुमा हामीले पढ्न पाउँदैनौ र हाम्रो एउटा सानो प्रयासले हाम्रो समाजमा  आमुलचुल परिवर्तन ल्याउनेछ तथा छोरी कहिले गर्भमा न त मारिने छिन र न त आमाबुवाको लागि कहिले भार हुन्छिन् । 
 


यसमा तपाईको मत