• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

खाना पकाउने एलपी ग्यासको सास्ती कहिलेसम्म ?

किरण कर्ण
मधेश आन्दोलनको क्रममा बन्द रहेको जनकपुर सहित तराई मधेशको बजार लगायतकाहरु सहजरुपमा संचालनमा आएको करिब एक महिना हुन थालिसकेको छ ।
तर पनि मधेश बन्दको बखत रहेको खाना पकाउने एलपी ग्यासको हाहाकार भने हाल पनि कायमै नै रहेको छ ।
बन्दको क्रममा केहि पहुँचवाल व्यापारीको सहयोगमा अत्यावाश्यक सामग्रीको नाममा हजारौ टन सिलिण्डर जनकपुर भित्रिएपनि ग्यास सर्टेज रहेको भन्दै कालाबजारी गर्न समेत पछि नपरेका अधिकांश व्यापारीहरु अहिले पनि ग्यासका हाहाकार रहेको भनी उपभोक्तालाई ढाट्ने कार्य गर्दै आएको छ ।
केहि व्यापारीले आफ्नो बलबुताको गलत प्रयोग गरी करिब १४०० रुपैया पर्ने एलपी ग्यास २ हजार रुपैयामा बेच्दै आएको कुरा पटक पटक सार्वजनिक भएपनि स्थानीय प्रशासन मुक दर्शक बनेकोे छ ।
केहि व्यापारीले आफ्नो पसलमा खाली भएको सिलिण्डर राख्ने गरेको र गोदाममा लुकाएर एलपी ग्यास सहितको सिलिण्डर लुकाएर कालाबजारी गर्ने गरेको आरोप उपभोक्ताले लगाउन थालेको छ । एक उपभोक्ताका अनुसार जनकपुरमा बुधबार विहानै जगदम्बाको ५ सय भन्दा बढी ग्यास आएको, तर सो ग्यास पसलमा नराखी ग्यास व्यवसायीले गोदाम लगेर राख्ने गरेको आरोप लगाएको छ ।
स्थानीय सन्तोष साहका अनुसार मिल्सएरीया स्थित उदय साहले आफ्नो पसलमा ग्यास नराखी कालाबजारी गर्नकै लागि पनि आशा चलचित्र मन्दिर छेउमै रहेको उनको निजी गोदाममा सो ग्यास लुकाएर राख्ने गरेको आरोप छ ।
मधेश आन्दोलनको क्रममा तीन गुणा महँगोमा पनि उपभोक्तोले चर्को मूल्य तिरी खरिद गर्न बाध्य हुदैँ आएका उपभोक्ताहरु अझै पनि महँगीको मार नै सहन बाध्य छन् भने स्थानीय प्रशासन तथा गुणस्तर तथा नापतौल समेत कानमा तेल हालेर मस्तराम झँै जाग्राम भएकाले यस्तो अवस्था आएको उपभोक्ताको कथन छ ।
यता १३ सय ८० रुपैया पर्ने एलपी ग्यासको मूल्य छ । तर स्थानीय ग्यास व्यवसायीहरु नै उपभोक्तालाई ठग्ने गरी कायम दररेट भन्दा बढी मूल्य लिई रहेको छ । अहिले करिब १४०० रुपैया पर्ने एलपी ग्यास भने कालाबजारी मार्फत २ हजार देखि २५ सय सम्ममा सहज रुपमा उपलब्ध हुने गरेको छ ।
जनकपुर उद्योग वाणिज्य संघ, जनकपुर ग्यास व्यवसायी संघ र स्थानीय प्रशासनकै कारण यस्तो हुने गरेको सर्वसाधारण उपभोक्ताको आरोप छ । यसमा मोटो कमिसनको चलखेलकै कारणले गर्दा पनि तैँ चुप मै चुपमा सबै सरोकारवाला लागि परेका छन् ।
स्मरण रहोस्, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाको कार्यकाल बखत आएको दिपावली पर्वको समयमा उनको घरमा समेत ग्यास सकिएको बेला उनलाई समेत कालाबजारीको भाउमै बाध्यतावश खाना पकाउने एलपी ग्यास लिनु परेको थियो । जहाँ प्रशासन स्वयम् कालाबजारीको दलदलमा फसेको छ ।ठगिने गरेको छ । त्यहाँबाट सर्वसाधारण उपभोक्ताले सहजरुपमा सुपथ मूल्यमा ग्यास सहित अन्य सामग्रीका लागि कसरी सोच्न सक्दछन् ।


यसमा तपाईको मत