• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

मदिरा सेवनबाट १७ जनाको ज्यान गयो

मदिरा सेवनबाट १७ जनाको ज्यान गयो
उत्तरप्रदेश ,साउन २ गते ।  
भारत उत्तरप्रदेशको एक जिल्लामा विषालु रक्सी खाँदा १७ जनाको ज्यान गएको छ । विषालु रक्सी खाएर बिरामी भएका केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रहरीले घटनामा दोषी रहेको भन्दै ११ जनालाई पक्राउ गरेको छ । स्थानीय प्रशासनले ज्यान गुमाउनेका परिवारलाई दुईरदुई लाख रुपैयाँ तथा बिरामी भएकाको निशुल्क उपचार गर्ने बताएको छ । त्यस्तै ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा पनि प्रशासनले गरेको छ ।
 


यसमा तपाईको मत