• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News
ताजा समाचार

समाचार

जनकपुरको सडकमा घस्रेर हिड्ने भोलाको दर्दनाक कथा , यसरी गुम्यो भोलाको चोला

जनकपुरको सडकमा घस्रेर हिड्ने भोलाको दर्दनाक  कथा , यसरी गुम्यो भोलाको चोला
शैलेन्द्र क्रान्ति -
जनकपुरधाम -
 
शरीरमा झुत्रो, लुगा , सानो कपडाको एउटा थैलो , बीच व्यस्त सडकमा बसेको जस्तो । तर यथार्थमा उनी बसेका छैनन् । हिड्दै बाटो काटिरहेछन् सडकमा । खुट्टाले हैन दुई हातको सहाराले घस्रेर । यसरी उनी प्रायः सडकमा घस्रेर कुनै होटेल अगाडी जान्छन् । खाना माग्छन् । मायालु होटेलबालाहरु खाना दिन्छन् । खान्छन् । फेरी आफ्नै बाटो लाग्छन् । प्रायः उनी जनकपुरकै कुनै न कुनै सडकमा घसे्रर बाटो काटेको देखिन्छन् । उनले खाना बाहेक अरुथोक कसैसंग केहि माग्दैनन् पनि । बाटो हिड्नेहरु घस्रेको हेर्छन् । फेरी मुडेर आफ्नै गनतव्यमा लाग्छन् । केहि मायालु एवं विप्ली स्वाभावका मान्छेहरु हेरेर दुखित हुन्छन् । उनीहरु पनि केहि सोँच्दै आफ्ना गन्तव्य तिर लम्कन्छन् । बाटो हिड्नेहरु सबैको आ आफ्नो  गन्तव्य हुन्छ । काही पुग्ने काँही बस्ने । वास्तमा सडकमा घसे्रर हिड्ने ती व्यक्तिको कुनै गन्तव्य छ की छैन ? मनमा प्रश्न उब्जिन सक्छ । तर धेरैलाई त्यो कुरादेखि के सरोकार । तर  खोज्दै जाँदा यस्तो छ उनको दर्दनाक कथा ।
 
यस्तो थियो उनको सानो संसार   
आज भन्दा १० वर्ष अघि उनको पनि हाम्रै जस्तो संसार थियो । आमाबुबा , श्रीमान श्रीमती , एउटी छोरीसहितको सानो परिवार । हुन त छोरी र दाईभाईहरु अहिले पनि छन् । उनको नाम हो भोला सहनी । धनुषाको चक्कर २ का रौदी सहनीका ३७ वर्षका छोरा हुन् उनी । भोला ६ दाजुभाई मध्येका बुबाका साहिलो छोरा हुन् ।  
 
यस्तो छ भोलाको अत्यन्तै दर्दनाक कथा
बुबाको एक कठ्ठा घडेरी मात्र जाएजथा श्रीसम्पति हो सबै दाजुभाईमा । अत्यन्तै गरिबीको कारण परिवारमा ठुलो संख्या भएपनि परिवार भने आर्थिक मामलामा निकै दयनीय छ । गरिबीको कारण बुबाका सबै छोराहरु ज्याला मजदुरी गरी साँझ विहानको छाँक टार्ने गरेका छन् ।  त्यसै मध्येका सहिला भोला पनि त्यसरी नै ज्याला मजदुरी गर्दै विवाह गर्ने उमेरसम्म पार गरे । करिब १३ वर्ष अघि धनुषाकै गोदारका कारी सहिनीकी छोरी सुनिता सहनीसंग उनको विवाह भयो । विवाह पश्चात घरायसी खर्च बढ््यो । जसको कारण गाउँघरमै ज्याला मजदुरी गरेर छाँक टर्नसमेत धौ धौ पर्यो । विवाहको एक वर्ष पश्चात नयाँ सदस्यको रुपमा छोरी जन्मिन् । भोलाकी छोरीको नाम रिंकु हो । त्यस पश्चात छोरीको लालन पालन र घरपरिवार सञ्चालनमा आर्थिक समस्याले जटिलता बढ्दै गयो ।
गाउँ घरको ज्याला मजदुरीले घरपरिवार चलाउँनसमेत अपठ्यारो परेको अवस्थामा छोरी र श्रीमतीको उज्वल भविष्य हेर्न थाले भोलाले । झनै छोरी भएपछि अहिले नकमाए छोरीलाई पढाई लेखाई र विवाह कसरी गर्ने , घरपरिवार सञ्चालन कसरी गर्ने भनेर भोलालाई चिन्ता थपिदै गयो । अन्ततः भोला वैदेशिक रोजगारमै आफ्नो परिवारको सुख शान्तिको सपना देखे र उनले वैदेशिक रोजगारमा जाने निष्कर्षमा पुगे । विवाहको तीन वर्ष पश्चा पासपोर्ट बनाएर एक जना एजेन्ट मार्फत मलेसिया जाने निधो गरे । गाउँकै एक साहु महाजनसंग ऋण काढेर उनी मलेसियाको एक कम्पनीको कामदारको लागि विदेश उडे ।
कामदारको रुपमा गएको कम्पनीमा पुग्दा ४।५ महिनासम्म त्यति कमाई भएन । जसोतसो त्यहाँ खान र बस्नेसम्मको कमाई मात्र भयो । ५।६ महिना पश्चात काम गर्ने कम्पनी नै बन्द भयो । जस्को कारण बाध्य भएर घर फर्किनु पर्यो । भोलाले वैदेशिक रोजगारमा गएपछि बुनेका र देखेका सबै सप्ना त्यतिकै चक्नाचुर भयो । झनै गरिबीले पिल्सिएका भोलालाई झनै अर्को विदेश जाँदा लिएको ऋण कसरी तिर्ने समस्या थपियो । वैदेशिक रोजगारमा जाँदा लिएको ऋणको कारण उनको जिन्दगी तनावमय बन्दै गयो । 
घरपरिवार सञ्चालनमा अत्यन्तै कठिनाई सुरु भयो । घरको आर्थिक अवस्था जर  जर हुँदै जाँदा श्रीमती सुनिताले पनि विस्तारै भोलालाई माया गर्न् छाडिन् ।
 
श्रीमतीले परपुरुषसंग कुलेलाम ठोकिन्
 
भेला विदेश जाँदा नै श्रीमती सुनिता अर्का पुरुषसंग उनको नजदिकी बढ्दै गएको थियो । घरायसी समस्या र साहुको ऋणको भारी कसरी तिर्ने भन्ने चिन्ताले भोलाको जिन्दगी तनाव भईसकेको थियो । झन् श्रीमतीले माया गर्न छाडेपछि उनी झनै मानसिक तनावमा थिए । झण्डै भोला विदेशबाट फर्केको करिब डेढ वर्ष पश्चात  भोलाकी श्रीमती सुनिता छोरी र श्रीमानको माया मारेर सदाका लागि अर्कै नजदिकीएका जनकपुर विस्पिट्टीका एक पुरुषसंग कुलेलामा ठोकिन् ।
एक त गरिबी , त्यसमाथि विदेश जाँदा लिएको ऋणको चिन्ता , श्रीमती माया गर्न छाडेकी पिडा त्यसमाथि झनै सानो छोरीलाई श्रीमती सुनिताले छाडेर गएपछि भोला विक्षिप्त अवस्थामा पुगेको स्थानीयहरुको भनाई छ । त्यस पश्चात पिडा खेप्न नसकी भोलाको मानसिक सन्तुलन गुम्यो । एक त त्यतिकै घरपरिवारका सबै सदस्यहरु गरिबीको पिडाले पिल्सिएका । काम नगरी छाँक टार्न धौ धौ । भाईहरुले आर्थिक अभावको कारण भोलाको उपचार गराउँन सकेनन् । भोला मानसिक सन्तुलन गुमेपछि आफ्नो घरमा नबसी भौत्तारिदै बाहिर बाहिर हिड्न थाले । उनको रेखदेख गर्ने कोहि भएनन् ।
 
पानीटंकीबाट लड्दा मेरुदण्ड भाँचियो  
 
भोलाको मानसिक सन्तुलन गुमेको ५।६ वर्ष पश्चात महोत्तरीको परौल स्थित खानेपानीको टंकीमा चढेको बेला एक्कासी खसेर मेरुदण्ड भाँचेको बुझिएको कुरा भोलाका भजित राजु सहनीको भनाई छ ।  मेरुदण्ड भाँच्दा पनि उनको उपचारको अभावमा विस्तारै भोला यसरी नै सडकमा घिस्रिन थाले । भोलालाई घरमा लग्न पटक पटक घरपरिवारका सदस्यहरुले आग्रह गर्दा पनि आउन नमानेको भतिज राजुको दावी छ ।
 
यस्तो छ भोलाको दिनचर्या
जनकपुरको सडकमा घस्रेर हिड्ने भोलाको प्रायः बसाई र खुवाई जनकपुरको शिवचोक र रेल्वे स्टेशनमा रहने गरेको स्थानीयबासिन्दाको भनाई छ । भोलाको साँझको खाना जनकपुरको शिवचोक स्थित जनकपुर नवरंग होटेलले खुवाउँने गरेको स्थानीयबासिन्दा बताउँछन् । भोला नियमित रुपमा आफ्नो सरसफाई गर्ने गरेका छन् । उनले आफै हाते कल चलाएर लुगाफाटोसम्म धुने र नुहाईधुलाई गर्ने गरेको नवरंगकै एक सेक्युरेटी गार्ड झाले सुनाए । नुहाउँन र लुगा धुन अरुले कल चलाएर सहयोग गर्न खोज्दा पनि त्यसलाई भोलाले अस्वीकार गरी आफैले सोकाम पनि गर्ने गरेका छन् ।
 
अपांगको हकहितको लागि धेरै संघसंस्था रहेपनि पूर्ण रुपमा अपांग भोलालाई आजसम्म कुनै कतैबाट सहयोग भएको छैन । कष्टकर जीवन व्यथित गरिरहेका र सडकमा घस्रेर आफ्नो जिवन विताईरहे पनि भोलामाथि त्यस्तो कुनै संघसंस्थाको नजर पर्न सकेको छैन । नत गाविसबाट अपांगता भएकाहरुले पाउँने भत्ता नै पाउँन सकेका छन् भोलाले । उनलाई सायद एउटा ह्वील साईकल अथवा ह्वील चेयारको व्यवस्था भई दिँदा घस्रेर भन्दा ह्वील साईकलमा हिड्न सहज हुन्थ्यो होला ।   
 
भोलाकी छोरी रिंकु मवलीमा पल्दै
भोलाकी श्रीमती सुनिता अर्का पुरुषसंग भाग्दा र भोलाको मानसिक सन्तुलन गुमेपछि छोरी रिंकु बिचल्लीमा परेकी थिईन् । आमा भागेको केहि दिन पश्चात मावलीले लगेर पालनपोषण गर्दे आएको छ । रिंकु अहिले झण्डै ११ वर्षकी भईसकेकी राजुसहनीको भनाई छ । आमा भाग्दा र बुबाको मानसिक सन्तुलन विग्रिदादेखि रिंकु  अनाथ जस्तै भएकी उनले बताए । मावलीको आर्थिक अवस्था कमजोर भएको कारण रिंकुको जिवन पनि कष्टकर नै वितिरहेको राजुको कथन छ ।       
 


यसमा तपाईको मत