• :
  • :
    • On Air
    • Osho Dhara
    • Up Next
    • Kayakairan
ताजा समाचार

समाचार

सुसनको ‘सोल्टिनी’ गीति एल्वम बजारमा

सुसनको  ‘सोल्टिनी’ गीति एल्वम बजारमा
काठमाडौं, साउन १५ – 
 
सुसन साम्सोहाङ लिम्बूले दोश्रो गीति एल्वम ‘सोल्टिनी’ बजारमा ल्याएका छन् । गायक राजेशपायल राई, सत्यराज आचार्य, संगीतकार राजु सिंह, नेकपा एमालेका सचिव योगेश भट्टराई, कलाकार मनोज गजुरेललगायतले एल्वम विमोचन गरेका थिए । 
 
मण्डला थिएटर काठमाडौंमा शनिवार विमोचन गरिएको एल्वममा पाँच वटा गीत समावेश छन् । गीतको शीर्ष गीत ‘सोल्टिनी’को म्युजिक भिडियो पनि आजै सार्वजनिक गरिएको छ । 
नरेश भट्टराई, उत्तमजंग लिम्बू, खेमराज गुरुङ, सन्तोष मादेन र रमेश अधिकारीको शब्द तथा हरी लम्साल, उत्तमजंग लिम्बू, खेमराज गुरुङ, विक्रम थापा र आफ्नै संगीतमा उनले स्वर भरेका छन् । एल्वमको एउटा गीतमा गायिका झुमा लिम्बूले सुसनलाई स्वरमा साथ दिएकी छिन् । 
 
डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय सुसनले तीन वर्ष अघि पहिलो एल्वम ‘सुसन’ सार्वजनिक गरेका थिए । तर त्यसअघि नै उनको लिम्बू भाषाको गीति एल्वम बजारमा आइसकेको छ ।   
शनिबार सार्वजनिक गरिएको सुसनको गीत यहाँ क्लिक गरेर सुन्न र हेर्न सकिन्छ ।
 


यसमा तपाईको मत