• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

बिन्धी स्कुल को वर्तमान अवस्था १

जनकपुर उप(महानगरपालिका वार्ड न २३ बिन्धी टोल अवस्थित श्री।त्री।भुवन आदर्श उच्च माध्यमिक बिद्यालय बिन्धी केहि वर्ष पहिला २०६४ सालमा धनुषा जिल्ला को चर्चित एवम् सफल स्कुल बनेको थियो।तर केहि वर्ष यता देखि बिन्धी स्कुल को वर्तमान अवस्था हेर्दा नत विकास निर्माण मा उलेखिय प्रगति गरेको छ नत शिक्षा छेत्रमा नै आखिर यस्तो कीन विकास निर्माण को नाउमा वेर वेर प्रधानअध्यापक र व्यवस्थापन समिति विच बिवाद भैरहेको हुन्छ।विगत्मा भएको भवन निर्माण को कार्यमा लागेको रकम अहिले सम्म पारदर्शी भएको छैन यस् विषय मा स्कुल को प्रधानाध्यापक,व्यवस्थापन समिति र अभिभावक विच भएको छलफल र बैठक बाट भवन निर्माण को लागि आएको रकम र निर्माण कार्यमा खर्च भएको रकम पारदर्शी गर्न को लागी एक निस्पक्ष,निस्वार्थ समिति पनी वनेको थियो तर त्यो समिति पनी हिसाब पारदर्शी गर्न सकेन आखिर किन यो कुरा पनी रहस्यमय रहेको छ।त्यस पश्चात व्यवस्थापन समिति को नया निर्वाचन पश्चात नव निर्वाचित व्यवस्थापन समिति पनी उलेख्य कार्य गर्न सकेन नत भवन निर्माण को लागि आएको रकम र निर्माण कार्यमा खर्च भएको रकम पारदर्शी गराए नत शिक्षा स्तरमा कुनै खास परिवर्तन ल्याउन सके।आखिर किन यो कुरा आम जनता को चासोको विषय बनेको छ।अहिले नव व्यवस्थापन समिति र प्रधानाध्यापक को मिलिमतो मा स्कुल को बिकास निर्माण र शिक्षा स्तर शुधार को नाउमा व्यापक भ्रस्टाचारी भैरहेको कुरा स्पस्ट हेर्न सकिन्छ।बिकास निर्माण को नाउमा कक्षा कोठामा पँखा जडान र भवन निर्माण कार्यको नाउमा व्यवस्थापन समिति का केहि मान्छे र प्रधानाध्यापक लगायत त्यस का केहि मान्छे लगायत शिक्षा छेत्र का स्थानीय केहि दलाल,शिक्षा माफिया बरावर दारु माछ को पछाडि ठुलो ठुलो होटेल र भठिमा बिकास निर्माणका लागि आएको रकम आफनो व्यतिगत स्वार्थ र शारीरिक बिकास मा दुरुपयोग गरिरहेको कुरा सहजै हेर्न सकिन्छ।त्यसैले शिक्षा स्तर उन्नतिको नाउमा स्कुलमा अध्यनरक्त बिद्यार्थीहरुलाइ त्यही स्कुल को कक्षा कोठामा कोचिंग सञ्चालन गरी त्यही स्कुलमा कार्यरक्त शिक्षक दुवारा नौटंकी पूर्ण तरिकाले पठन पाठन गराई पैसा उठाउने कार्य शैक्षिक बिधान र कानुन बिपरीत गरिरहेको कुरा सहजै हेर्न सकिन्छ।
श्री।त्री।भुवन आदर्श उच्च माधयमिक बिद्यालय बिन्धी को शिक्षा अवस्था हेर्दाखेरी जहिले देखि स्कुल भित्र व्यवस्थापन समिति चेन हुने प्रक्रिया एवम् खेल शुरू भयो त्यही दिन देखि बिन्धी स्कुल को शिक्षा स्तर बिग्रण थाल्यो।किनकी अहिले सम्म जती ओटा व्यवस्थापन समिति आफनो कार्यकाल समापन गरी परिवर्तन भएको छ।ती सवै व्यवस्थापन समिति एउटा कार्य आफनो पालामा सफल संग गरेका छन्।त्यो चाहि आफनो नातेदार,सम्बन्धित,जाती लगायत आफनो सालालाइ,आफनो भाईलाइ,आफनो भाविलाइ,आफनो छोरीलाइ,आफनो भतीजोलाइ,रोजगारी प्रदानगरी शिक्षक,शिक्षिका बनाउने कार्य गरी बिन्धी स्कुलको शिक्षा क्षेत्रलाइ नै बदनाम एबम् धरापमा पार्ने कार्य सफल संग गर्न सकेको छ।सवै अयोग्य शिक्षक शिछीका को कारण अहिले बिन्धि स्कुलको भोलिको भविस्य नै बर्बाद र समाप्त भएर जाने कुरा सहजै हेर्न सकिन्छ।
यी सबै कुराले स्पस्ट हेर्न सकिन्छ की श्री।त्री।भुवन आदर्श उच्च माध्यमिक बिद्यालय बिन्धी को भोलिको भविष्य कस्तो हुनसक्क्ष,भोली को दिनमा बिन्धी स्कुल शिक्षा स्तरमा कत्तिको फरको मार्न सकिन्छ।सबै बिन्धी वासिलाइ सोचन बाध्य गरिदिन्छ।मात्र धनी मान्छे वा परिवार को छोरा,छोरी निजी स्कुलमा पढेपछि गाउँको समस्या समाधान हुन सक्दैन सबै दलित,जनजाति,उत्पीड़ित,गरीव,निमुखा जनता को छोरा छोरी जवसम्म उच्च शिक्षा हाशिल गर्न सक्दैन तव सम्म नत गाउँको बिकास हुनसक्क्ष नत क्षेत्रको बिकास सम्भव छ।त्यसैले ुुशिक्षा सेवा मुलक कार्य हो पेशा मुलक होइनुु त्यसैले सबैजना बिन्धी स्कुल को शिक्षा स्तर उन्नतिमा आ आफनो ठाउ बाट सहयोग गरौं एक बिद्यार्थी नेताको बिनम्र आग्रह,अनुरोध,एबम् बिन्ती छ सम्पूर्ण बिन्धी बासीसंग ुुआफनो गाऊ आफै बनाऊुु मूल नारा संग अघि बढन बिनम्र आग्रह गर्न चाहन्छौ।
लेखक ः
(रंजीत झा,निस्पक्ष
(विद्यार्थी नेता )
(समाजवादी विद्यार्थी संघ राष्ट्रिय सचिव)


यसमा तपाईको मत