• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

शहिद राधिका देवीसंग अन्याय किन ?

शहिद राधिका देवीसंग अन्याय किन ?

सामाजिक अभियन्ता - सरोज राय-

यसै हप्ता सरकार द्वारा तेस्रो मधेश आन्दोलनमा मारिएको मध्ये ५२ जनालाई सहिद घोषणा गरेका छन्। केहि दिन पहिला मोर्चाले आन्दोलनमा मारिएका ६१ जनाको नाम सहिद घोषणा गर्न सरकारलाई सिफारिश गरेका थिए, जसमध्ये सरकारले ४१ जना आन्दोलनकारी र १० जना सुक्षाकर्मीलाई सहिद धोषणा गर्ने निर्णय गरेको छ।


तर सरकारले निर्णय गरेको सूचीमा सर्लाहीको शहिद राधिका देवी दासको नाम नपर्नु प्रति हाम्रो घोर आपति रहेको छ।

आखिर सरकारबाट यति ठुलो गल्ति कसरी भयो? के छानबिन अपूर्ण रहेको हो कि अन्य कुनै कारण हो? जे भएपनि शहिद र उनका परिवार संग अन्याय हुनु भएन!

ओली सरकारको पालोमा सरकार द्वारा सार्वजनिक गरिएको सूची मध्ये धेरै जसो शहिद परिवारले १० लाख पाइसकेका छन्। यसपाली शहिद परिवारको नाममा निकाशा गरिएको रकम पुन: दोह्राएर बाँड्ने हो कि के गर्ने हो बुझ्न गाह्रो भयो।


मोर्चालेज ओली सरकार कै बेला ३७ जनाको नाम शहिद घोषणा गर्नलाई तयार गरेका थिए तर न राधिका देवी आजसम्म शहिद घोषणा भए न उनका परिवारले कुनै किसिमको क्षतिपुर्ति पाए। यसवारे लोकतान्त्रिक मोर्चाले २०७२ मंसीर १९ गते प्रहरी कार्यवाहीमा नवलपुरमा मारिएका राधिका देवी लाई शहिद घोषणा गर्न तत्कालीन प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेलाई ज्ञापन पत्र समेत बुझाएका थिए र काफ्लेको प्रतिबद्धता पछि मात्र राधिका देवीको अन्तिम संस्कार गरिएको थियो।

राधिका देवीका श्रीमानको मानसिक स्थिति ठिक छैन, उनका तिन छोरि एक १२ वर्षीय छोरा रहेका छन् जसमध्ये दुई छोरीको विवाह भईसकेको र अहिले परिवारको पूर्ण जिम्मेवारी सानो छोरि १७ वर्षीय शिवकुमारी दासको काँधमा आई परेका छन्। परिवारको दैनिक गुजारा सहयोग बाट नै भइरहेको छ।

शिवकुमारी लाई आत्मनिर्भर बनाउन हामीले उनलाई सिलाइ तालिम गराए र आषाढ ३१ गते एउटा सिलाई मशिन उपलब्ध गराए। उनका सानो भाईलाई पनि जनकपुरको 'नोवेल इन्ग्लिश बोर्डिंग स्कुल' मा कक्षा १२ सम्म निशुल्क पढाउने जिम्मेवारी लिएर भर्ना समेत गराए तर दूर्भाग्यवश तिन चोटी स्कुल पछि भागेपछि अहिले गाउँ मै बसेका छन्।

यति मात्र होइन, राधिका देवीको परिवारको दैनिक खर्चको लागि हामी 'हेल्प मधेशी कतार' संस्थाको सहयोगमा माषिक रु ८०००/- उपलब्ध गराउंदै आइरहेका छौँ।

शहिद राधिका देवी वारे अप्पन टिवी, जनकपुरले तयार परेका यो विडियो (https://youtu.be/oNfOML37S4U) अवश्य हेर्नुस र सरकारलाई पनि ध्यानाकर्षण गराउनुस।



यसमा तपाईको मत