• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

भारत एक खेल खेल्नु अगावै एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

भारत एक खेल खेल्नु अगावै एसिया कप क्रिकेटको फाइनलमा प्रवेश
मिथिलान्चल समाचारदाता
ढाका,फागुन १९ गते ।
बंगलादेशमा जारी एसियाकपमा भारत एसिया कप क्रिकेट सिरीजको फाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशमा चलिरहेको प्रतियोगिता अन्तर्गत वुधवार भएको खेलमा श्रीलंकालाई पाँच विकेटले हराएर भारत प्रतियोगिताको फाइलनमा पुगेको हो । श्रीलंकाले प्रस्तुत गरेको एक सय ३८ रनको लक्ष्य भारतले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पुरा गरेका थिए ।
भारत अहिलेसम्म खेलेका सबै तीन खेलमा सबैमा विजयी भएको छ । एक खेल अघि नै फाइनलमा स्थान बनाएको भारतले बिहीबार संयुक्त अरब इमिरेट्स युएईसँग खेल्नेछ । 


यसमा तपाईको मत