• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरबाट लखेटिए एमाले प्रदेश नं. २ का संयोजक मण्डल

जनकपुरबाट लखेटिए एमाले  प्रदेश नं. २ का संयोजक मण्डल
जनकपुरधाम , भदौ २२ गते । 
जनकपुरबाट एमाले प्रदेश नं. २ का संयोजक सत्यनारायाण मण्डल लखेटिएका छन् । मंगलबार एमाले नेता शंकर पोखरेलले मधेशी समुदाय प्रति होच्याउँने अभिव्यक्ति दिएपछि आक्रोसित युवाहरुले जनकपुरमा बैठक गर्न आएका प्रदेश २ का संयोजक मण्डललाई बुधवार दिउँसो लखेटेका हुन् । 
जनकपुरको जानकी मन्दिरको छेउँमा रहेको एक होटेलबाट कडा विरोध गर्दै युवाहरुले लखेटेको समाजवादी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले जानकारी दिएका छन् । युवाहरुले होटेल अगाडी गएर विरोध गरेपछि केहि बेर प्रहरी र युवाहरुबीच तनावसमेत उत्पन्न भएको थियो । त्यसपछि प्रहरीले स्कटिंग गर्दै उनलाई सुरक्षित स्थल पुर्याएका थिए । 
‘गोरेका दलाल काला’ नारा लगाउँदै  युवाहरुले चर्को विरोध गरेका थिए । विरोधमा  जनकपुरका युवाहरु सरोज मिश्र , सुशील कर्ण , जानी खान लगायतका दर्जनौ युवाहरु सहभागि थिए । 
 

 



यसमा तपाईको मत