• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

महोत्तरीका एक केटाले अन्तरजातिय केटीसँग प्रेम गर्दा आमासँगै ८ लाख रुपैँया पनि गुमायो

महोत्तरीका एक केटाले अन्तरजातिय केटीसँग प्रेम गर्दा आमासँगै ८ लाख रुपैँया पनि गुमायो

जनकपुर । भदौ २६ गते ।
नसिमा खातुनको ३९ वर्षमै मृत्यु भयो । १२ भदौमा अल्पआयुमै उनी संधैका लागि संसार छोडिन । उनको मृत्युले यतिवेला उतm गाँउमा मात्र नभई वरपरको गाँउका वासिन्दापनि शोक,पीडाका संगसँगै त्रासमा छन् । नसिमाको अस्वाभाविक मृत्युले यतिवेला गाँउका बच्चादेखि बृद्ध सम्मको मन रुवाएको छ । स्वास्थ्य अवस्था राम्रो भएकी महिला आखिरमा किन आफ्ना सन्तानहरुलाई टुहरो बनाएर यो संसारलाई छाडन पुगिन त ! कारण हो, छोरा जागिर साफीको  अन्तराजातिय प्रेम ।
 मुलुक पंचायति व्यवस्थाबाट गणतन्त्रमा आईस्कदा पनि तराई मधेशको ग्रामिण क्षेत्रमा अहिले पनि पुरानै जमिनदारी प्रथा, हुक्मी शासन र जातिय विभेद कायम रहेको यो घटनाले उजागर गर्छ । समान्य विषयलाई पनि तोडमटोर गरेर गाउँका भन्दाहरु क्सरि आफ्ना स्वार्थको निम्त समाजिक एकता, धार्मिक सदभावलाई बिगाड्न तथा समाजिक न्यायलाई कसरी धज्जी उडाईन्छ  भन्ने कुरा उतm घटनाले पुष्टी गर्छ ।
करिव दुई महिना अघि मोहत्तरी सोनमा–४ का गुलाम रसुलको १७ वर्षिय छोरा जागिर साफी र सोही गाउँकी  अर्चना(नाम परिर्वतन) मण्डल बीच प्रेम सम्बन्ध भयो । अर्चनाको पढाई जारी नै रहेको समयमा उनको मन्जुरी बिना नै नावालिक अवस्थामै बुबा भरोषि मण्डलले विवाह गरिदियो । विवाह अघि अर्चनाले जागिरलाई पटक–पटक भागेर विवाह गर्न दवाव दिईन । तर जागिरले उनको प्रस्तावलाई अस्वीकार गरिरहे । उता, आफुहरुले खोजिदिएको केटासँग बिहे गर्नुपर्छ भनेर आमाबुबाले अर्चनालाई दिएको दवावले नपुगेपछि यातना समेत दिन थाले । घरको चुकुल बन्द गरेर अभिभावकबाट दिनहुँ कुटिने अर्चनालाई नचाहेर पनि वैवाहिक बन्धनमा बाधिनु पर्यो । वैवाहिक जीवनमा बाँधिएपनि अर्चनाले आफ्नो प्रेमी जारिगसंगै मनसाय बनाएकी थिईन । विहेको एक महिनापछि अर्चना ससुरालीबाट माईती आएपछि एक राती करिव १२ बजे जागिरको घरमै पुगेर दवाव दिईन । जागिरले भने,‘ म इन्कार गरेपछि उनी यहि मरेर ज्यान दिन्छु भनेर रुन थालिन ।’जागिरसँग सय रुपैयाँ मात्र गोजिमा थियो । अर्चनाले आफुसँग तीन हजार रुपैया र केहि सुनको गरगहना रहेको बताइन । सोही राती दुवै जना भागेर सिमावर्ति भारतको सितामढी हुदै चढेर दिल्ली हानिए ।  
यता, ‘गाँउमा उनीहरुको व्यापक खोजी भइरह्यो । उनीहरु भागेको कुरा गाउँभरि फैल्यो । अर्चनाका आमाबुबाले जागिरका परिवारलाई दवाव दिन थाले । मेरो छोरी जसरी पनि खोजेर ल्याउ भन्दै अर्चनाका आमाबुवाले गाँउका सयौं मानिसहरुलाई लगेर गालिवेइज्जती तथा धाक्कधम्की दिन थाले । जागिरको आमाले आफुलाई केहि पनि  थाहा नभएको र छरछिमेक तथा नातेदारहरु कहाँ खोजि गर्ने आवश्वासन उनीहरुलाई दिई रहिन् । तर पनि उनीहरुले मानेन । घरमा तोडफोड गर्नुको साथै जागिरका दाई फिरोजलाई हातपात समते गरियो । गाउँबाटै असुरक्षित महसुस गरे जागरिका परिवार विस्थापित हुने अवस्थामा पुगे ।  
जागिरको  हजुर बुबा सोबराती साफी संरक्षणका लागि गाँउका पुर्व प्रधानपञ्च गोखुल यादव कहाँ गए । तरपनि उनले न्याय पाउन सकेनन् । सोबरातीका अनुसार उनले संरक्षण गर्नुको सट्टा उल्टै खनिए ।  केटीलाई खोजेर ल्याउ दवाव दिए । घटनालाई बढाउन केहि दलालहरुले जातीय नारा लगाउन थाले । उनिहरुको भड्काउमा परेर वार्डका अधिकांश मानिसहरु उनको विपक्षमा उभिए । यहाँ सम्म कि जुन मुस्लिम वा हिन्दुले सोबरातीलाई सहयोग गर्छ उसलाई पनि कारवाही गर्ने भनेर उर्दी नै जारि गरियो । जागिरको बुबा गुलाम रसुल वैदेशिक रोजगारीको सिलसिलामा कत्तारमा रहेकाले परिवारका सदस्यहरु झन तनावमा थिए ।
गाँउका चार ÷पाँच जना मानिसहरु घरमा आई घटनाको विषयमा कुरा गर्नु छ भन्दै उसको हजुर बुवालाई जबर्जस्ती लगेर २५ लाख रुपैयाँको  कपाली तमसुक गाँउकै रामचन्द्र यादवको नाँउमा बनाईयो । कागज बनाउन देबानजी जगनाथ मिश्रलाई बोलाईएको थियो । तर उनी गैरकानुनी रुपमा आफुले कपाली तमसुक लेख्न नसकिने भन्दै इन्कार गरे । पछि गाउँमै पशुको चिकित्सक पेशामा संलग्न रहेका अशोक यादवलाई दवाव दिएर तमसुक लेखाइयो । तत्कालका लागि उतm तमसुक स्थानीय आविद हुसेन अन्सारीको जिम्मा दिइयो ।
 गाँउका पुर्वप्रधानपञ्च तथा आफुलाई  पुरानो जमिन्दर भनेर धाक देखाउने गोखुलले कपाली बनाएपनि तिमीले पैसा दिनुपर्दैन, केटीलाई खोजर ल्याउ, तमसुक च्यातिदिने भनेर सोबरातीलाई आवश्वासन दिएका थिए ।  उता जागिरका परिवारजनले पनि उनीहरुको खोजिमा दिनरात लागेपनि फेला परिरहेका थिएनन् ।  केटीको बुबा भरोषि मण्डलले छोरीलाई फलानोको छोराले अपहरण  गर्यो  भनेर किटेरै रघुनाथपुर प्रहरी चौकीमा उजुरी दिए । उजुरी परेलगतै  प्रहरी जागिरको घरमा पुगेर खानतलासी गर्दै घटनाको विषयमा जानकारी लिए । जागिरको हजुरबुवाले आफुहरु गाउँ समाजबाट  असुरक्षित रहेको तथा २५ लाखको कपाली तमसुक जबजस्ती बनाएको कुरा प्रहरीलाई जानकारी गराउँदा प्रहरीले वास्ता नै गरेनन् । पछि जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ला प्रहरी कार्यालय महोत्तरी, जिल्ला अदालत महोत्तरीमा सोबरातीले करकाप तथा शान्ति सुरक्षाको उजुरी र मुद्दा दिए । तरपनि प्रहरीले  शान्ति सुरक्षा प्रदान गर्नुको साट्टो प्रहरीले उल्टै गैरकानुनी रुपमा जागिरका हजुरबुबा, र ठुलदाई फिरोज साफीलाई थुनामा राख्यो । केटापक्षलाई थुनामा राख्न नेकपा एमालेका जिल्ला सदस्य तथा जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष मदन साहले प्रहरीलाई दवाव तथा आर्थिक प्रलोभन दिएका थिए । घरकै अभिभावकलाई थुनामा राखेपछि जागिरका परिवारजन झन आतंकित र भयभित भयो ।
प्रहरी थुनामा रहेकालाई छुटाई दिन महोत्तरी कै रानी रतबरा बस्ने जागिरको फुफुसँग सोही गाउँका एक जनाले  दुई लाख रुपैयाँ लिए । तर उनिहरु थुनामुतm भएन । पछि आफन्तकै एक जनाले जमानतमा बसेपछि उनीहरु प्रहरीको हिरासतबाट रिहा भयो । त्यसपछि उनीहरु गाउँबाट सदरमुकाम जलेश्वरमा विस्थापित भए । तराई मधेश लोकतान्त्रिक पार्टीका महोत्तरी अध्यक्ष सुरेश साहको घरमा दुई राती शरण लिए ।
केहि दिनपछि भागेका जागिर र अर्चना घर फर्किए । दुबै जनालाई समातेर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा  बुझाइयो । म जागिरसँग प्रेम गर्छु,जागिर बिना बाँच्न सक्दिन, आफ्ना बुबाको घर जान्न भनेर अर्चनाले प्रहरी समक्ष जिद्दी गरिरहिन । पछि  प्रहरीले  अर्चनालाई अभिभावकको जिम्मा लगाउदै  अपहरणको उजुरी राखेज रद्द गरियो । एका तर्फ अर्चनालाई अभिभावको जिम्मा लगाइयो भने अर्को तर्फ जागिरलाई तीन दिन सम्म प्रहरीले थुनामामै  राख्यो । २५ लाख रुपैयाँको बनाइएको कपाली तमसुकका विषयमा पनि जिल्ला प्रहरी कार्यालयमा पञ्चायत भयो । पञ्चायतमा केटी पक्षले क्षतिपुर्ति वापत २० लाख रुपैया  दिए मात्र बनाएको २५ लाखको तमसुक च्यात्ने बताए ।  हामी  झस्कियौ, सोबरातीले भने,‘ केटी  उपस्थित भएपछि उतm तमसुक च्यात्ने सहमति भएको अवस्थामा २० लाख रुपैया माग्नु अन्याय हो, हामी दिन सक्दैनौ भनेर न्यायका लागि गुहार गरिरहे ।’ पञ्चायतमा जिल्ला प्रहरी कार्यालयका मुद्दा फाटका प्रहरी निरीक्षक रबिन्द्र खनाल, प्रहरी हवलदार गोपाल यादव,एमालेका मदन साह, फोरम लोकतान्त्रिक सुरेश साह,सोनमाका इयुफ अन्सारी, हुलास मण्डल,सियाराम यादव,दरेश राय,जोगिन्दर मण्डल,भुवन यादव,भरत राय यादव लगायतका मान्छे सहभागि थिए । अन्ततः उतm पञ्चायतले केटा पक्षले केटी पक्षलाई ९ लाख रुपैया दिनुपर्छ भन्दै एकतर्फी  निर्णय गरियो । तर जागिरका आमा आफ्नो आर्थिक हैसियत ९ लाख दिन नस्कने र अघि देखि नै १०÷१२ लाख त्रृण रहेकोले बताईन ।
यसरी उतm घटनमा मिलाउन ढेड महिनामा करिव २० दिन कहिले जिल्ला प्रहरी त कहिले गाँउमा पञ्चायत भयो । तर उनीहरुले ९ लाख भन्दा कम रकम कुनै हालतमा नलिने अडान लिई रहे । अर्को तर्फ जागिरका हजुरबुवाले अदालतमा गरेको करकापको मुद्दामा केटी पक्षका मानिसहरु दैनिक रुपमा घरमा गई मिलापत्र गर,नत्र भएभरको सम्पती जान्छ, मुद्दा जितेपनि गाँउमा तिमीहरुलाई बस्न दिदैनौ जस्ता भयत्रास देखाउने काम गरिरहे ।
मानसिक तनाव बढ्दै गएपछि अन्ततः असहाय भएकी आमा नसिमाले जिल्ला अदालत महोत्तरीमा उनीहरुलाई ८ लाख रुपैयाँ त्रृण गरेर दिएपछि मुद्दाको मिलापत्र भयो । त्रृणै त्रृणमा डुबेको परिवार पुनः उतm त्रृणका कारण थप करिव १५ लाख त्रृणमा फस्यो ।  केटी पक्षलाई पैसा बुझाएको तीन दिन पछि चिन्ताले ग्रस्त नसिमाको  हृयदघातको कारण मृत्यु भयो ।
गाँउका सबैलाई थाहा छ हामीसँग अन्याय भएको कुरा तर, हाम्रो पक्षमा बोलिदिने कोही पनि भएनन्,पीडित जागिरले भने,‘ के  प्रेम गर्नु अपराध हो, नावालिक छोरीलाई इच्छा विपरित विवाह गरिदिने उनका अभिभावक दोषी होईनन ?, सामान्य घटनामा ८÷९ लाख रुपैयाँ जरिवना गरि आफैमा बाँडिचुँडि खाने पञ्चहरु दोषी होईनन? आमा र त्यति मोटो रकम गुमाएपनि कुनै कानुनी कारवाहीको लागि अघि बढ्न हाम्रो परिवार सक्षम छैन ।’ ‘हिन्दु वाहुल्य गाँउ हो, मुस्लिम समुदाय भएपनि उनीहरु डर र भय त्रासले खुल्न चाहिरहेका छैनन्,’ जागिरले भने ।
गाँउकै नेपाली काँग्रेसका नेता उपेन्द्र यादव भन्छन्,‘ यो घटनामा केटापक्षसँग अन्याय भएको हो, खेल्नेले पैसा पनि लियो ज्यान पनि लियो ।’केटा केटि भाग्नु अचेल समान्य घटना हो,तर यि समान्य घटनामा पनि ८ लाख जरिवना त्यो पनि प्रहरीको रोहबरमा हुनु दुःखद विषय हो ।’ पञ्चको नाामा गरिव, असहायलाई अन्याय गर्नेहरुलाई कडा कारवाही हुनुपर्ने उनले बताए । यस विषयमा केटी पक्षका मदन साहले प्रेमको नाममा विहे भईसकेको महिलालाई भगाउनु समाजिक अपराध रहेको बताए । उनले भने,‘ नवालिग अवस्थामा रहेका केटा केटी भाग्नु गलत हो , त्यसमा पनि विहे भईसकेको केटीलाई भगाए उनको घरबार छुटाउनेलाई समाजिक रुपमा जरिवना गरिएको हो ।’ यति ठुलो रकम जरिवना हुन्छ भने प्रश्नमा उनले भने,‘ केटीको विवाहमा ६÷७ लाख रुपैयाँ भएको थियो, अव पुनः विवाह गर्न त्यो भन्दा बढी रकम लाग्ने भएकोले केटालाई जरिवना गरिएको हो ।’ श्रोतका अनुसार जरिवना गरिएको रकम मध्ये अधिंकाश रकम पञ्चहरुले नै आपसमा बाँडफाँड गरेका छन् ।
’यता, घटनामा सुरुदेखि नै सक्रिय प्रहरी निरीक्षक रबिन्द्र खनाल भन्छन्,‘ केटापक्षसँग अन्याय भएपनि प्रहरी सुरुवाति अवस्थामा गरेको गल्ती भएको छ, तर घटनाको सुरुवाती अवस्थामा केटापक्षबाट बोल्ने केहि नभएर यस्तो अवस्थाको सृर्जना भएको हो ।’
 महोत्तरी प्रहरी उपरीक्षक जनक भट्टराईले केटाकेटीको प्रेम सम्बन्धले उब्जिएको भएपनि  केटा पक्षले करकारपको मुद्दा अदालतमा दिएकोले तत्काल केहि गर्न नसकेको स्वीकार गरे । उनले भने,‘ घटना दुःखद भएपनि पीडित परिवारको तर्फबाट उजुरी दिने कोही नभएर आफुहरु केहि गर्न सक्दैनौं, महिलाको मृत्यु के कारणले भयो त्यो थाहा भएन, तर उजुरी नआएकोले अनुसन्धान गर्ने कुरो भएन ।’
 



यसमा तपाईको मत