• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

मन मैला , मै का करु रामा ? (विचार)

मन मैला , मै का करु रामा ? (विचार)
गायत्री मिश्र (रिंकु)-
‘मन मैला मोरा मै का करु रामा ’ आखिर जात देखाउनेले आफ्नो जात देखाईदिँदा रैछन् । राष्ट्रवादी पार्टीका राष्ट्रप्रेमी नेताहरुले अचेल सम्म जाति,रंग र वर्णको राजनीति गर्न छोडेका छैनन् भन्ने पुष्टी भईयो । देशवासीले मात्रै होईन विदेशीले पनि बुझ्न पाए रंगभेद,जातिभेद,वर्णभेद भएका पार्टीहरुले नै आफुलाई कथित राष्ट्रभक्त रहेको हल्ला मात्र गरिरहेका छन् भनेर ।
 
खास गरी एउटै सुगा रटान रटिरहने एमाले नेताहरु त खै कत्ति हो कत्ति ‘अप्पन बराई......गे दाई’ मैथिली भनाई जस्तो गरिरहन्छन् किन हो कुन्नि थाहै भएन ? थाहा होस पनि कसरी हामीलाई, हामी ठहरियौं काला वर्णका उनीहरु गोरा छाला चिटिक्क परेका, हामी ठहरियौ हिलोमा रमाउने किशान उनीहरु पहाडको स्वच्छ हावामा रमाईरहने अभिमानीहरु,हामी सुर्यसँग दिनहँ लुकाछिपी खेल्ने काला उनीहरु सदनमा एसिमा रमाईरहने अनि कसरी गोरा र कालाको समबन्ध राम्रो रहन्छ त ? सही हो हामी काला हौं तर स्मृति होस् विश्वकै शक्तिशाली देश मध्ये एक अमेरिकाको राष्ट्रपति पनि काला नै हुन र अमेरिकामा कालाको संघर्षको विषयमा त पक्कै पढ्नु भा होला कामरेड शंकर पोखरेल । छैन भने अलिक समय निकाल्नुस अमेरिकाको ईतिहाश पढ्नलाई वा  गुरुबा सँग त महाभारतको कहानी  पक्कै सुन्नुभा होला कामरेड कसरी काला कृष्णले अभिमानी कंशको विनाश गरे भनेर । अहंकारमे तिन गयो ‘धन,वैभव और वंश ना मानो तो देख लो रावण,कौरव और कंश’ श्लोक याद छ कि कामरेड ?? याद छैन भने केही छैन् तपाईको गुरुबाले अवश्य राम्ररी सम्झाई दिने छन् चिन्ता मान्नु पर्दैन् कामरेड । 
हुनतः यी कालो वर्णका मधेशीलाई कहिल्यै केहीको गुमान भएन् कामरेड तर हामीलाई कालो भनाउँदा एकदम गर्व महशुश हुन्छ कामरेड । आखिर हामी काला भएपनि देशको अर्थभार हामिले नै थेगेका छौं तथा तपाईहरु जस्ता गोरा छाला भएकाहरुलाई हामी ५१ प्रतिशत करिकबा करिकबिले नै पाल्दै आएका छौं । एकदम गौरवान्वीत महशुश गर्दछौँ हामी जब हाम्रो करियकबा भगवान मर्यादा पुरुषोत्तम रामको कसम खाएर तपाइ गोरा छालाहरु ऋाफ्नो शुभ कार्यको सुरुवात गर्नुहुन्छ । हो हामी काला हौं । हाम्रो भगवान कालो । तर विडम्वना हामी काला भएर पनि सदैव प्रकाश छर्ने काम गर्यौ र तपाई गोरा छाला भएर पनि काला करतुतमै जीवन बिताउनु भयो कामरेड । राम कसम कामरेड तपाईको ट्विट देखेर मन एकदम खुश भयो थाहा छ किन सेतो छाला भित्रको कालो मन सबैले देख्न पाएँ । र त्यो भन्दा पनि ठूलो खुशखबरी थाहा छ के हो हाम्रो लागि तपाईकै वर्णका मनुहरुले तपाईलाई गाली गर्नु । बडो खुशी लाग्यो हौ । सबै सेता छाला तपाई जस्तै कालो मनका हँुदैनन् कामरेड ध्यान पुर्याएर है । सधैँ राष्ट्रवादीको राग अलापेर काम चल्नेवाला छैन गोरा कामरेड । 
 
नाकाबन्दीको समयमा तपाईको जस्तै रंग भएका जनताले हेरिसकेका छन् तपाईहरुको कारनामाहरु सो हामीलाई गाली गर्नुस् कामरेड किनकी हामी बहुत खुशी हुन्छौ जब हाम्रो नाममा तपाईलाई देश विदेश बाट लाखौ करोडौं गालीहरु भेट प्राप्त हँुन्छ । हो कामरेड मन गदगद भयो विभिन्न वेभसाईट,सामाजिक संजाल तथा पत्रपत्रिकामा तपाईको भर्तस्ना भाको समाचार तथा लेखहरु पढेर,उजुरी पर्यो तपाईको विरुद्ध सुनेर त मन तो मोरा गार्डेन गार्डेन भयो कामरेड मैले त काला भगवान राम र कृष्णा सँग दियो बालेर दिवाली मनाको थिए । कामरेड हामी कालो छौ र कालो वर्ण हाम्रो पहिचान हो र त्यहि पहिचानको लडाई लडिरहेका हाम्रा विरहरुलाई गोली हान्ने तपाई गोरा शाषकको विरुद्धमा हामी काला दिवस मनाईरहन्छौ तपाईहरु दियो बाल्नुस् कामरेड किनकी दिपक तले हि अँधेरा होता है ।
 


यसमा तपाईको मत