• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

कांग्रेस महाधिवेशनमा मांस मदिराको लुुट

कांग्रेस महाधिवेशनमा मांस मदिराको लुुट
मिथिलान्चल समाचारदाता
काठमाण्डौ,फागुन २२ गते ।
काठमाण्डौमा जारी कांग्रेसको महाधिवेशनमा सहभागी भएकाहरुका लागि मांस मदिराको लुट नै मच्चाइएको छ ।महाधिवेसनमा सहभागी भएकाहरुलाई ३१ सय ८२ प्रतिनिधिका लागि एक छाकमा १५ खसी, पाँच सय किलो माछा, पाँच सय किलो कुखुरा, २० क्विन्टल तरकारी, पााच सय किलो चामल पाक्ने गरेको छ।
खानापछिको डेजर्टका लागि नौ हजारवटा रसबरी र ६ सय लिटर दही खपत हुन्छ। खाना खुवाउने जिम्मा दिव्यश्वरी पार्टी प्यालेसले लिएको छ।
बिहान ७ देखि ९ बजेसम्म नास्ता ः उसिनेको अन्डा एउटा, पुरी–तरकारी, जेरी, चिया वा कफीको व्यवस्था छ । नास्ता दैनिक फरक–फरक छ । स्यान्डविज, हलुवा तथा छोलाभटुरा पनि एक–एक दिन राखिने मास्टर सेफ गोपाल सिंहले बताए।
मध्याह्न १२ देखि २ बजेसम्म र साँझ साढे ६ बजेदेखि ९ बजेसम्म खाना
खाना ननभेजस् तीन प्रकारको मासु ९खसी, कुखुरा र माछा० छ। दुईथरी भेज तरकारी, दाल, भात, नान रोटी, डेजर्ट र सलाद पनि छ । ‘हलाल’ गरिएको मासु पनि छ ।
खाना भेज ः भेज खानाको छुट्टै व्यवस्था छ । माछामासुबाहेक थप दुई भेज तरकारी थपिएको छ । डाइबेटिजका बिरामीका लागि पनि छुट्टै खानाको व्यवस्था छ ।
डेजर्ट ः प्रतिव्यक्ति दही र दुई रसबरी
यसका अतिरिक्त भोट माग्ने क्रममा मदिराको स्नान पनि गराइदै खवर प्राप्त भएको छ ।
नयाँ पत्रिका दैनिकमा समाचार छ।


यसमा तपाईको मत