• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

हलिउड फिल्मको भिलेन बनिन प्रियंका चोपडा

हलिउड फिल्मको भिलेन बनिन प्रियंका चोपडा
एजेन्सी
मुंवइ,फागुन २२ गते । 
बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउड फिल्ममा डेब्यु गरेकी छिन् । प्रियंकाले ‘बे वाच’ नामक अंग्रेजी फिल्ममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै छिन् । उनको फिल्मको मंगलबारदेखि फलोरिडाको बोका रेटनमा सुटिङ सुरु भएको छ ।
यसअघि ‘क्वान्टिको’ बाट अमेरिकी टिभी स्क्रिनमा प्रवेश गरेकी प्रियंकाले ‘बे वाच’ मार्फत हलिउड फिल्म उद्योगमा पाइला अघि बढाएकी छिन् । फिल्ममा उनी खलअभिनयमा रहेको बताइएको छ । फिल्ममा प्रियंकाका अलावा ड्वेन जोनसन, ज्याक एफ्रोन, केली रोहबेकलगायतले अभिनय गरेका छन् । उनी बलिउडझैँ हलिउडमा समेत जम्ने दाउमा छिन् ।


यसमा तपाईको मत